नेपाली सिक्दै बेलायती राजदूत रब फेन (भिडिओ) – Nepal Press

नेपाली सिक्दै बेलायती राजदूत रब फेन (भिडिओ)

काठमाडौं । नेपालका लागि बेलायती राजदूत रन फेनले नेपाली भाषा सिक्न थालेका छन्। १२ महिना अगाडि राजदूतको रुपमा नेपाल आएका फेनले आफूले नेपाली सिकेको कुरा सार्वजनिक गरेका छन्।

आफूलाई राम्रो लाग्ने शब्दको उदाहरणसहित उनले लेखेका छन, ‘म नेपाली भाषा सिक्दै छु। मलाई मन पर्ने एउटा नेपाली शब्द हो रंगीचंगी नेपाली भाषा सिक्न केही सुझाव छन् भने भन्नुस् है ।’

राजदूत फेनको निजी सामाजिक सन्जालको पोष्ट बेलायती दूतावासले पनि सार्वजनिक गरेको छ । राजदूत फेनले आफूले नेपाली बोलेको छोटो भिडिओ सेयर गरेका छन्।

चार दशक अगाडि सन १९८३ मा बेलायती विदेश सेवामा प्रवेश गरेका राजदूत फेन नेपाल भन्दा अगाडि इन्डोनेसियामा बेलायती नियोगको उपप्रमुख भएर सन २०१८ बाट २०२२ सम्म बसेका थिए।

उनी ब्रुनाईमा सन २००९ बाट २०१३ सम्म हाइकमिसनर फेनले रोम, न्यूयोर्क, साइप्रस आदि क्षेत्रमा नि कूटनीतिक जिम्मेवारी लिएर काम गरेको अनुभव लिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर