नर्वेकी राजकुमारीले गरिन् अमेरिकी धामीसँग विवाह
नेपाल प्रेस
२०८१ भदौ १६ गते १७:१८
काठमाडौं । नर्वेकी राजकुमारीले अमेरिकाका धामीसँग विवाह गरेकी छन् । जर्मनीको विश्व च्यानल डिडब्लूका अनुसार राजकुमारी मार्था लुइसले दुरेत भेरेकसँग विवाह गरेकी छन् ।
भेरेतले आफूले आत्मासँग कुरा गर्ने दाबी गर्ने गर्छन् । पश्चिम नर्वेको एक स्थानमा उनीहरुको विवाह शनिबार भएको हो ।
नर्वे तथा स्विडेनका राजपरिवारका सदस्यहरु, संचारकर्मीहरु तथा सेलिब्रेटीहरु सहभागी विवाह पार्टीमा ३५० उपस्थिति भएको बताइएको छ । राजकुमारी मार्थको उमेर ५२ वर्ष हो भने अमेरिकी धामीको उमेर ४९ वर्ष रहेको छ ।
प्रतिक्रिया