आफ्नै उत्पादनमा आधारित किनबेच हुनसके अर्थतन्त्र बलियो हुन्छ : महासचिव पोखरेल (भिडिओ) – Nepal Press

आफ्नै उत्पादनमा आधारित किनबेच हुनसके अर्थतन्त्र बलियो हुन्छ : महासचिव पोखरेल (भिडिओ)

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको आफ्नै उत्पादनमा आधारित किनबेच हुनसके अर्थतन्त्र बलियो बन्ने बताएका छन् ।

आइतबार काठमाडौंमा नेपाल बुद्धिजीवि परिषद् केन्द्रीय महिला विभागद्वारा आयोजित सामाजिक रुपान्तरणका लागि तिज समसामयिक विमर्श कार्यक्रममा बोल्दै उनले सबै चिज बाहिरबाट ल्याउने र त्यसमा पैसा खर्च गर्ने प्रवृत्तिले अर्थतन्त्र बलियो नबनाउने बताए ।

उनले अहिले कमाईको मुख्य श्रोत नै श्रम किनबेच रहेको बताए । उनले श्रम बेचेर कमाई गर्ने र सामान किनेर खर्च गर्नेकुरा स्वाधिनता र सार्वभौम सत्ताका लागि अनुकुल ढाँचा नभएको बताए । उनले यसले देशलाई कमजोर र खोक्रो बनाइरहेको बताए । उनले देशभित्रै उत्पादन प्रयोग गर्ने संस्कृति निर्माण गर्नुपर्ने बताए ।

चाडपर्वहरुले अर्थतन्त्रलाई चलायमान बनाउन पूजा कोठामा प्रयोग गर्ने सामानहरु स्वदेशमै उत्पादित हुनुपर्ने बताए । उनले देशभित्रको उत्पादनलाई प्रयोग नगरी बाहिरबाट सामान आयात गर्नेकुरा संस्कृति विपरितको कार्य भएको बताए । भगवानलाई पनि आफूले उत्पादन गरेको कुराहरु नै चढाउने र भोग लगाउने बानी बसाउनु आवश्यक रहेको बताए ।

‘नेपालको आफ्नै उत्पादन आधारित किनबेच हुन्छ भने त्यसले अर्थतन्त्र बलियो बनाउँछ । तर आज हामी के गरिरहेका छौँ, सबै चिज बाहिरबाट ल्याउने र त्यसमा पैसा खर्च गर्ने । कमाईको मुख्य श्रोत बनेको छ मान्छे बाहिर पठाएर श्रम बेचेर कमाइ गर्ने, सामान किनेर खर्च गर्ने । भन्दाखेरि हाम्रो समाजको जुन प्रकारको ढाँचामा गइरहेका छौँ, यो ढाँचा हाम्रो स्वाधिनता र सार्वभौम सत्ताका लागि अनुकुल ढाँचा हो की होइन ? भन्दा, होइन । यसले हाम्रो देशलाई कमजोर बनाइरहेको छ’, उनले भने, ‘खोक्रो बनाइरहेको छ । त्यसअर्थमा देशभित्रै उत्पादन प्रयोग गर्ने संस्कृति निर्माण गर्ने हो भने चाडपर्वहरुले अर्थतन्त्रलाई चलायमान बनाउँछ । हाम्रो पूजा कोठामा प्रयोग गर्ने सामानहरु भारत, चीनबाट ल्याएको सामान प्रयोग गर्नेकुरा संस्कृति विपरित कार्य हो भन्ने बुझाउन सकियो भने राम्रो हो । हाम्रै उत्पादन चढाउने, भगवानलाई । हाम्रो चाडपर्वहरुको मक्सद आफूले गरेका उत्पादनहरुको पहिलो भोग भगवानलाई दिने भनेको हो । संस्कृतिको आधार त्यो हो ।’

महासचिव पोखरेलले सही विचार संप्रेषण गर्नसके समाज रुपान्तरण हुने बताए ।

 


प्रतिक्रिया

One thought on “आफ्नै उत्पादनमा आधारित किनबेच हुनसके अर्थतन्त्र बलियो हुन्छ : महासचिव पोखरेल (भिडिओ)

  1. नेपाल बुद्धिजीवी परिषद महिला बिभाग ले आयोजना गरेको तीज कार्यक्रम मा नेकपा एमालेका महासचिव शंकर पोखरेलद्वारा नेपालको आफ्नै उत्पादनमा आधारित अर्थतन्त्रको महत्त्वलाई उजागर गर्ने मन्तव्य लाई समाचार बनाइ प्रस्तुत गर्नु भएकोमा तपाईलाई धन्यवाद। यस्तो सकारात्मक र विचारशील सामग्रीले हाम्रो अर्थतन्त्रलाई सुदृढ बनाउनका लागि जनचेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्छ। भविष्यमा पनि यस्तै सन्देशमूलक समाचारहरू पढ्न पाउने आशा गर्दछु।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर