६ नेताको नाम लिँदै विश्वप्रकाशले देउवालाई भने- ओलीपछि तपाईं प्रधानमन्त्री नबन्नुस् – Nepal Press

६ नेताको नाम लिँदै विश्वप्रकाशले देउवालाई भने- ओलीपछि तपाईं प्रधानमन्त्री नबन्नुस्

काठमाडौं । नेपाली कांग्रेसका सभापति देउवालाई अब प्रधानमन्त्री नबन्न र त्याग देखाउन महामन्त्री विश्वप्रकाश शर्माले प्रस्ताव गरेका छन् ।

उनले केन्द्रीय समितिको बैठकमा बोल्दै यस्तो प्रस्ताव राखेका हुन् । उनले एमालेसँगको ७ बुँदे समझदारी बमोजिम ०८३ असारसम्म ओली नेतृत्वको सरकारलाई सफल बनाउन कांग्रेसले सम्पूर्ण ध्यान लगाउनुपर्ने र एकताबद्ध रुपले साथ दिनुपर्ने बताए । तर त्यसपछि सभापति देउवालाई आफू प्रधानमन्त्री नबनेर आफ्नै पुस्ताका कोही नेतालाई बनाउन आग्रह गरे ।

शर्माले नाम देउवालाई डा. शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, डा. शशांक कोइराला, अर्जुनरसिंह केसीमध्येबाट प्रधानमन्त्री बनाउन देउवाले प्रस्ताव गर्न सक्ने विकल्प दिए ।

‘प्रधानमन्त्री बन्न एकसे एक अग्रज नेताहरु प्रतिनिधिसभामा हुनुन्छ, जो अनुभवी र दक्ष पनि हुनुन्छ’, शर्माले भने, ‘उहाँहरुमध्ये कसैलाई पनि हामीले प्रधानमन्त्री बनायौं भने एक, सभापतिको त्याग देखिन्छ । दुई, उहाँको समकालीन कोही नेतालाई न्याय र कदर हुन्छ । तीन, तब ०८४ पछि हामी नयाँ अनुहारमा पुग्नेछौं ।’

नीत, कर्म र त्याग जोडिँदा मात्रै राजनेता हुने उल्लेख गर्दै महामन्त्री शर्माले अरु सबै गरिसकेको अब त्याग गर्न बाँकी रहेको बताए ।

‘देउवाको नेतृत्वमा – कमैया मुक्ति, कदमजम, दलित आयोग र महिला आयोग निर्माण, संविधान कार्यान्वयन, संसद विघटन विरुद्ध आन्दोलन भए सफलता हासिल भयो’, शर्माले थपे, ‘यी सबै कर्मका लागि उहाँले प्रशंसा र बधाई पाउनुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर