कांग्रेस र एमाले मिल्नु ओभरअल सिस्टममै जोखिम हो : महामन्त्री थापा – Nepal Press

कांग्रेस र एमाले मिल्नु ओभरअल सिस्टममै जोखिम हो : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले र कांग्रेसबीच सत्ता साझेदारीलाई ठीक ठाउँमा पुर्याउन चुनौतीपूर्ण भएको बताएका छन् । उनले एमाले र कांग्रेस मिलेर सरकार बनाउने कुरा सबैले चाहेअनुसार नै भएको बताए ।

उनले भने, ‘हामी सबैले चाहेको निर्णय र परिणाम आएको छ । यो निर्णयलाई ठीक ठाउँमा पुर्याउन भने चुनौतीपूर्ण छ ।’

उनले एमाले र कांग्रेसका बीचमा सरकार बनाउने निर्णयलाई ठीक ढङ्गले अगाडि बढाउने जिम्मा पार्टी सभापतिको भए पनि सबैले साथ दिनु पर्ने बताए । उनले कांग्रेसको केन्द्रीय समितिको बैठकमा बोल्दै यसका आफ्नै च्यालेन्ज भएको बताए ।

एमाले र कांग्रेस मिल्दा ओभरअल सिस्टममै जोखिम भएको थापाको बुझाइ छ । ‘हिजो एमाले सत्तामा हुँदा कांग्रेस प्रतिपक्षमा थियो । हामीले प्रश्न गर्दा भेन्टिलेटर हुन पाएको थियो । हामी सत्तामा हुँदा एमाले प्रतिपक्षमा थियो त्यो बेला पनि भेन्टिलेटर हुन पाएको थियो’, थापाले भने, ‘अहिले त हामी दुवै सरकारमा छौं । यो बेला हामीले काम गरेर परिणाम दिनपर्ने छ । हामी काम गरेर परिणाम दिन लागि पर्ने छ ।’

यो भन्दा अगाडि कांग्रेस र एमाले पाउँदा जिम्मेवारी पूरा गरेको भन्दै अब पनि पुरा गर्ने उनले बताए । नेतृत्वका बीचमा हुने हार्दिकता विश्वास र समझदारी महत्त्वपूर्ण हुने बताए । उनले पार्टी सभापति र एमाले अध्यक्षका बीचमा हुने विश्वास हार्दिकता र विश्वास सरकार सञ्चालनमा महत्वपूर्ण हुने बताए ।

योभन्दा अगाडिको गठबन्धन हामीले भनेर केही लेखेर विषय उठाएका कारण भङ्ग नभएको बताए । उनले पार्टीका बीचमा सम्बन्ध भएको बताए । उनले विद्यालय क्याम्पसमा समेत एमालेसँगै प्रतिस्पर्धा भएको थापाले बताए ।

दुई पार्टीका बिचमा हरेक ठाउँमा प्रतिस्पर्धा भएर संयन्त्र बनाएर नै काम गर्नु पर्ने उनको भनाइ छ । उनले भने, ‘अहिले केपी ओली नेतृत्वको सरकारलाई सफल बनाउनु पनि छ भोलि ८४ को चुनावमा पनि प्रतिस्पर्धा गर्नु छ । यसले अहिले हामीले व्यतित्वलाई पनि जोगाएर राख्नु पर्छ । हामीले गरेका स-साना कुराले ठूलो प्रभाव पर्ने भएकाले जोखिम रहेको छ ।’

 


प्रतिक्रिया

2 thoughts on “कांग्रेस र एमाले मिल्नु ओभरअल सिस्टममै जोखिम हो : महामन्त्री थापा

  1. तिम्रो भनाइको अर्थ त जुन जुन काम एमाले काँग्रेसले मिलेर गरे त्यो जोखिमपूर्ण छ देशलाई । जस्तै २०७२ को संविधान । यिनले देउवालाई प्रधानमन्त्री हुन नदिन अनेक वाहियात कुरा गर्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर