गाउँपालिका अध्यक्षले श्रीमती र सम्पत्ति लगेपछि भीमबहादुर पेरिसडाँडामै अनसन बस्ने – Nepal Press

गाउँपालिका अध्यक्षले श्रीमती र सम्पत्ति लगेपछि भीमबहादुर पेरिसडाँडामै अनसन बस्ने

काठमाडौं । सिन्धुली, हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाबाट पीडित भीमबहादुर मोक्तान अब पेरिसडाँडास्थित माओवादी केन्द्रीय कार्यालय परिसरमै अनसन बस्ने भएका छन् ।

यसअघि माओवादी केन्द्रको बागमती प्रदेश कार्यालयमा अनसन बस्न खोज्दा न्याय दिलाइदिने आश्वासनसहित उनलाई फर्काइएको थियो ।

प्रदेश समितिले घटनाबारे छानबिन गरी २५ दिनभित्र यथार्थ प्रतिवेदन दिन माओवादी केन्द्रीय सदस्य ईश्वरी भट्टराईको नेतृत्वमा आयोग बनाए पनि ६ महिना सम्म केही नभएको उनले बताए । प्रदेश समितिबाट न्यायको आश मरेको भन्दै मोक्तानले केन्द्रीय कार्यालयमा अनसन बस्ने तयारी थालेका हुन् । भट्टराई आयोगले वाइबालाई भेटेर प्रष्टीकरण लिन खोज्दा उनले अटेर गरेका थिए ।

पालिका अध्यक्ष वाइबाले मोक्तान वैदेशिक रोजगारीमा भएका बेला उनकी श्रीमतीसँग सम्बन्ध राखेको, कमाएर पठाएको सबै रकम पचाएको र फर्केपछि कुटपिट गरेको प्रमाणहरू गत माघ महिनामै पार्टीमा दिएका थिए । अहिले मोक्तानकी श्रीमती वाइबाकै संरक्षणमा छिन् । वाइबा र मोक्तानकी श्रीमतीको अश्लील फोन संवादसमेत त्यो बेला भाइरल बनेको थियो ।

अध्यक्षले उल्टै धम्क्याइरहेकोले आफ्नो सुरक्षा हुनुपर्ने, वैदेशिक रोजगारीमा हुँदा कमाएको सम्पत्ति फिर्ता हुनुपर्ने र दोषीमाथि कारबाही हुनुपर्ने भीमको माग छ ।


प्रतिक्रिया

One thought on “गाउँपालिका अध्यक्षले श्रीमती र सम्पत्ति लगेपछि भीमबहादुर पेरिसडाँडामै अनसन बस्ने

  1. स्वास्नी पनि दानमा दिने देशमा के के हुँदो रहेछ!!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *