विराट कोहलीलाई ‘प्रपोज’ हान्ने ईंग्लिस क्रिकेटरले गरिन् समिलिंगी विवाह – Nepal Press

विराट कोहलीलाई ‘प्रपोज’ हान्ने ईंग्लिस क्रिकेटरले गरिन् समिलिंगी विवाह

काठमाडौं । कुनै समय भारतीय क्रिकेट विराट कोहलीलाई विवाह प्रस्ताव गरेकी ईंग्ल्यान्डकी महिला क्रिकेटर डेनिल वायटले समलिंगी विवाह गरेकी छन् । उनले इन्स्टाग्राममा तस्बिरहरू पोस्ट गर्दै आफ्नो विवाहको खबर सार्वजनिक गरेकी हुन् ।

डेनिल लामो समयदेखि जर्जी होज नामक युवतीसँग लेस्बियन रिलेसनसीपमा थिइन् । जर्जी पेशाले एक फुटबल एजेन्ट हुन् । उनीहरू गत २२ अगष्टका दिनबाट ‘दम्पती’ बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । डेनिलले विवाहको तस्बिरमा क्याप्सन लेखेकी छन्- मिस्टर एन्ड मिसेज वायट-होज । उक्त क्याप्सले वायट आफू पुरुष वा श्रीमानको भूमिकामा रहने बुझ्न सकिन्छ ।

डेनिल र जर्जीबीच सन् २०१९ देखि अफेयर सुरु भएको हो । उनीहरूले गत वर्ष साउथ अफ्रिकामा ईंगेजमेन्ट गरेका थिए ।

३३ वर्षीया डेनिलको नाम भारतमा निकै प्रख्यात छ । सन् २०१४ मा उनले ट्वीटरबाटै भारतीय क्रिकेट स्टार कोहलीलाई विवाह प्रस्ताव गरेकी थिइन् । त्यस वर्ष वर्ल्ड टी-२० मा कोहलीले दक्षिण अफ्रिकाविरुद्ध ७२ रन बनाएपछि डेनिलले ट्वीटरमा लेखेकी थिइन्- कोहली म्यारी मी । उनको सो ट्वीट तत्कालै भाइरल भएको थियो । भारतीय सञ्चारमाध्यमले ठूला-ठूला हेडलाइन बनाएका थिए ।

सोही वर्ष भारतीय टीम ईंग्ल्यान्ड भ्रमणमा जाँदा कोहली र डेनिलको इन्काउन्टर भएको थियो । त्यसबेला कोहलीले डेनिललाई आफ्नो एउटा ब्याट उपहारसमेत दिएका थिए ।

त्यस भेटलाई सम्झिँदै एक अन्तर्वार्तामा डेनिलले भनेकी छिन्, ‘जब हामी भेट्यौं, उनले मलाई भने- तिमीले यसरी ट्वीरमा लेख्नु हुँदैन, हाम्रो देशमा यसलाई सिरियसली लिन्छन् । मैले ओके सरी भनेँ ।’

डेनिल भारतीय दिग्गज ब्याट्सम्यान सचिन तेन्दुलकरका छोरा अर्जुन तेन्दुरकरसँग पनि निकै नजिक थिइन् । उनी ईंग्ल्यान्ड महिला टिमकी स्टार अलराउन्डरमा पर्छिन् । उनले सन् २०१० मा भारतविरुद्ध खेल्दै ईंग्ल्यान्डको नेसनल टिमबाट डेब्यू गरेकी थिन् । त्यसयता उनले ११२ एक दिवसीय र १६० टी-२० अन्तर्राष्ट्रिय खेलिसकेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर