राउन्ड टेबल नेपालको अध्यक्षमा प्रवेश अग्रवाल चयन – Nepal Press

राउन्ड टेबल नेपालको अध्यक्षमा प्रवेश अग्रवाल चयन

काठमाडौं । राउन्ड टेबल नेपालको अध्यक्षमा प्रवेश अग्रवाल चयन भएका छन् । झापाको बिर्तामोडमा सम्पन्न २४औं वर्षिक साधारणसभाबाट अग्रवाल अध्यक्ष चयन भएका हुन् ।

त्यस्तै टेबलको उपाध्यक्षमा सुमित मित्तल, सचिवमा मनिष लाथ, कोषाध्यक्षमा अंकित अग्रवाल र सम्पादकमा दीपेश खेतान चयन भएका छन् ।

साधारणसभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनसँगै लेखापरीक्षकको प्रतिवेदनसमेत पारित गरी नयाँ कार्य समिति चयन गरेको हो ।

नवनिर्वाचित अध्यक्ष अग्रवालले राउन्ड टेबल नेपाल १८ देखि ४० वर्षसम्मका पुरुष युवाहरुको संस्था भएको बताए । उनका अनुसार
राउन्ड टेबल नेपाल विगत २४ वर्षदेखि मुलुकभर विभिन्न सामाजिक कार्यहरुमा संलग्न रहेको छ ।

संस्थाले सुरु गरेका कार्यक्रमहरुअन्तर्गत विद्यालयको स्तरोन्नति, राउन्ड टेबल नेपाल मोडल स्कुल स्थापना, विपन्न बालबालिकालाई प्रदान गर्दै आएको छात्रवृत्ति कार्यक्रम तथा १ देश १ लाख विरुवाको नारालाई समेत निरन्तरता दिने अध्यक्ष अग्रवालले जानकारी दिए ।

संस्थाले शिक्षा, स्वास्थ्य र पर्यावरणको क्षेत्रमा अग्रसर भई काम गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *