खड्काको नेतृत्वमा इन्स पोर्चुगलको नयाँ कार्यसमिति चयन – Nepal Press

खड्काको नेतृत्वमा इन्स पोर्चुगलको नयाँ कार्यसमिति चयन

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली समाज, पोर्चुगल राष्ट्रिय समितिको विशेष अधिवेशन सम्पन्न भएको छ । अधिवेशनको अध्यक्षता समाजका अध्यक्ष कमल खड्काले गरेका थिए भने प्रमुख अतिथिका रुपमा समाजका केन्द्रीय अध्यक्ष अर्जुन घिमिरे रहेका थिए ।

केन्द्रीय अध्यक्ष घिमिरेले नेपाल र नेपालीको लागि छ वटा महादेश र १२३ देशमा रहेर इन्सले विभिन्न क्षेत्रमा गरेको सहयोगी कार्यको छोटकरीमा प्रस्तुत गरेका थिए ।

अधिवेशनले समाजसेवी तथा सामाजिक अभियान्ता सूर्य खड्काको नेतृत्वमा ५३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । त्यस्तै, सुरज पौड्यालको नेतृत्वमा ७ जनाको सल्लाहकार समिति पनि गठन गरेको छ । कार्यसमितिको पहिलो बैठकले पोर्चुगलमा सक्रिय सम्पूर्ण संघसंस्थाका अध्यक्षहरूको पनि एउटा समिति हुने परिकल्पना गरेको छ ।

कार्यक्रममा आसिसि सदस्य द्वय राजकुमार थापा र बिनु बस्नेत, जनप्रगतिशील मञ्चका अध्यक्ष सीता ढकाल सुवेदी, जनसम्पर्क मञ्च पोर्चुगलका अध्यक्ष युवराज पन्थि, प्रवासी नेपाली मञ्चका अध्यक्ष दिपक खत्री, तमु समाजका अध्यक्ष मिलन गुरूङ, तामाङ समजका अध्यक्ष गोपाल योन्जनलगायत सम्पूर्ण संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो ।

कार्यक्रममा उपस्थित पर्यवेक्षकले उल्लेख्य सख्यामा सक्रिय युवा सहभागी भएर शान्त, सौम्य, सालीन तथा सहमतिगरी पोर्चुगलमा समापन यो पहिलो कार्यक्रम भएको बताए ।

अधिवेशन पोर्चुगलको राजधानी लिस्बनस्थित हाम्रो चौतारी नामक रेस्टुरेन्टमा सम्पन्न भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *