एआईले मानिसको जागिर होइन पिउने पानी सिध्याउन सक्छ !
काठमाडौं । पछील्लो केही वर्षमा प्रविधि क्षेत्रमा आएको सबैभन्दा ठूलो र महत्वपूर्ण उपलब्धिको रुपमा कृत्रिम बौद्धिकता (एआई-आर्टीफिसियल इन्टेलीजेन्स) च्याटबटलाई लिन सकिन्छ ।
एआईको विकास र प्रयोग अहिले प्रारम्भिक चरणमै छ । जसका कारण यसले भविष्यमा के कस्तो परिवर्तन ल्याउँछ, यस प्रविधिको वास्तविक सामर्थ्य के हो ? भन्ने कुराको प्रष्ट जवाफ अहिले नै पाउन कठिन छ ।
तर पछिल्लो समय चर्चामा आएका विभिन्न एआई च्याटबट जस्तै ओपन एआइको च्याटजीपीटी, गुगल ब्राड, माइक्रोसफ्ट कोपाइलट, मेटाको ब्लेन्डर लगायतका प्ल्याटफर्महरुको प्रसिद्धिका कारण एआईले आउने दिनहरुमा विश्वमा राज गर्नेछ भन्न सकिन्छ । व्यपार, सूचना प्रविधि, स्वास्थ्य क्षेत्र, यातायत लगायतका क्षेत्रमा एआईको नै हालीमुहाली हुनेछ भन्ने बहसहरु हाल चर्चामा छ ।
एआईको सामर्थ्यबारे गरिएका टिप्पणीहरु यतिमा मात्र सिमित छैनन् । एआईमा पनि मानविय भावनाहरु बिल्ड हुनेछ । मानव मस्तिष्कलाई नै यसले प्रतिस्थापन गर्ने छ । एआईले मानिसहरुको जागिर नै खाइदिने छ लगायतका दाबीहरु पनि हाल सामान्य भइसकेका छन् ।
उल्लेखित दाबीहरु सही हुनेछन् वा छैनन् यी सबै अनुसन्धानको पाटा हुन् र यसबारेमा थप तथ्यहरु कालान्तरमा थाहा हुने नै छ तर वर्तमान अवस्था जुन ढंङ्गबाट एआईको क्षेत्रमा नयाँ नयाँ प्रयोग र लगानी बढीरहेको छ त्यसले मानव समुदायलाई आवश्यक पर्ने पिउने पानी भने सिध्याउन सक्ने प्रबल सम्भावना रहेको तथ्य उजागार भएकाे छ । हो ! तपाईले ठीक पढ्नु भयो एआईले हाम्रो पिउने पानी सिध्याउन सक्छ । कसरी आउनुहोस् विस्तारमा चर्चा गरौँ ।
सर्वप्रथम सामान्यतया हामीले के बुझ्नु पर्छ भने कुनै पनि एआई च्याटबट चल्नको लागि जीपीयुको आवश्यकता पर्ने गर्छ ।
जीपीयु अर्थात ग्राफिक्स प्रोसेसिङ युनिट । यसलाई सामान्य भाषामा ग्राफिक्स कार्ड भनेर पनि भन्ने गरिन्छ । मोबाइल, ल्यापटप, कम्प्युटर लगायतका इलेक्ट्रोनिक्स यन्त्रहरुमा पनि यसको प्रयोग हुने गर्छ । कुनै इमेज वा भिडिओलाई स्क्रिनमा डिस्प्ले गर्न यसको प्रयोग गर्ने गरिन्छ ।
एआई च्याटबटमा पनि यसै किसिमको जीपीयुको प्रयोग हुने गर्दछ । अर्थात एआई प्रविधिको संचालन तथा क्लाउड स्टोरजको लागि जीपीयु प्रयोग हुने गर्छ । हामीमध्ये धेरैले हाल प्रयोग गरिरहेको ओपन एआईको च्याटबट च्याटजीपीटीको एउटा मोडललाई ट्रेन गर्न १० हजार जीपीयु युनिट्सको आवश्यक परेको बताइन्छ ।
यी जीपीयुहरु डाटा सेन्टर्समा रहने गर्छन् । ठूला–ठूला डाटा सेन्टर्सहरुमा यी जीपीयुहरुले काम गर्दा डाटा सेन्टर्सहरुको तापक्रम बढ्न जान्छ । यो तामक्रमलाई घटाउनको लागि पानीको आवश्यक पर्ने गर्छ । डाटा सेन्टर्सको तापक्रमलाई कम गराउनको लागि एसी वा समुद्रको पानी प्रयोग गर्न मिल्दैन । किनकी एसीको प्रयोग गर्दा यसको इन्धन खपत बढी हुने, हावा हिट ट्रान्सफर प्रभावकारिता कम लगायतको समस्या देखा पर्न सक्छ भने समुद्रको पानी प्रयोग गर्दा यसमा रहेको नुनको मात्राले गर्दा डाटा सेन्टर्सको पुर्वाधारमा नकरात्मक असर पर्न सक्ने सम्भावना हुन्छ ।
फोर्ब्सको एक रिपोर्टका अनुसार एक किलोवाट इनर्जीबाट उत्पन्न हुने तापक्रमलाई घटाउन नौ लिटर पानीको आवश्यकता पर्ने गर्छ । यसलाई यसरी पनि बुझ्न सकिन्छ, एउटा च्याटबटले लगातार एक घण्टा काम गर्दा नौ लिटर पानी सकिन्छ ।
संयुक्त राज्य अमेरिकामा आधारित संचार माध्यम एनपीआरले युएसआईटीसीको एक रिपोर्टलाई उध्रदत गर्दै जनाएअनुसार एउटा मध्यम वर्गीय डाटा सेन्टरले दैनिक ३ लाख ग्यालन पानी खपत गर्दछ जुन अमेरिकाका १ हजार घरधुरीले दैनिक प्रयोग गर्ने पानीको मात्रा बराबर हुन जान्छ । पानीको यो बढ्दो खपतलाई मध्यनजर गर्दै टेक जायण्ट कम्पनी गुगल, माइक्रोसफ्ट, आदि आगामी सन् २०३० सम्म यसको विकल्प निकाल्न प्रयासरत छन् ।