संस्कृत विश्वविद्यालयको निमित्त उपकुलपतिमा डा खतिवडा – Nepal Press

संस्कृत विश्वविद्यालयको निमित्त उपकुलपतिमा डा खतिवडा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संस्कृत विश्वविद्यालयको रिक्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा. डा. भीमप्रसाद खतिवडालाई तीन महिनाका लागि निमित्त उपकुलपतिको जिम्मेवारी तोकेका छन् ।

प्रधानमन्त्री एवं कुलपति ओलीले विश्वविद्यालय ऐन, २०४६ को दफा १६ को उपदफा ६ बमोजिम आज उक्त जिम्मेवारी दिएका हुन् । सो विश्वविद्यालयका उपकुलपति प्रा डा यादवप्रकाश लामिछानेले गत साउन २७ गते दिनुभएको राजीनामा यही भदौ १ गते प्रधानमन्त्रीबाट स्वीकृत भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *