अलिशा हत्याकाण्ड : आरोपित समीर खानसहित थप चारजना पक्राउ – Nepal Press

अलिशा हत्याकाण्ड : आरोपित समीर खानसहित थप चारजना पक्राउ

हेटौंडा । गत भदौ ९ गते हत्या गरिएको अलिसा न्यौपानेका हत्याको आरोपित समीर खानलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले हेटौंडा–५ लटिनाथ मन्दीर क्षेत्रबाट समीर खान भनिने चाद खा पैठानलाई मकवानपुर प्रहरीले पक्राउ गरेको हो ।

गत भदौ ९ गते राति मकवानपुरको हेटौंडा–१० बसपार्कमा रहेको रत्ना होटलमा लगेर दोश्रो श्रीमतीको रुपमा रहेकी न्यौपानेलाई हत्या गरेको आरोप खानमाथि छ ।

९ गते राती नै हत्या गरेर फरार खानलाई प्रहरीले ८ दिनपछि पक्राउ गरेको हो । ९ गते राती बा ६४ प १३५ नम्बरको मोटरसाइकलमा रत्ना होटल पुगेर रुम नम्बर १०५ मा बसेको केही समयपछि खान होटलको काउन्टरमा आएर राती ९ः१३ बजे होटलबाट बाहिरिएको प्रमाण भेटिएको प्रहरीको भनाई छ । अलिसाको कोठा १० गते बिहान अबेरसम्म नखुलेपछी प्रहरी घटनास्थल पुग्दा उनी मृत फेला परेकी थिइन् ।

प्रहरीले कर्तव्य ज्यानको मुद्दाका खानलाई भाग्न सहयोग गर्ने निजको आमा सैरुन खान, उनकी श्रीमती रविना खातुन , ससुरा लालबाबु पैठान र जेठान फैयाज अहमतलाई पनि पक्राउ गरेको छ ।

 


प्रतिक्रिया

One thought on “अलिशा हत्याकाण्ड : आरोपित समीर खानसहित थप चारजना पक्राउ

  1. कानुन बिपरित गैरकानुनि गर्ने लाइ त्यो पनि जघन अपराध नितन्त्रणमा लिएर कर्तव्य ज्यान मार्ने अपराध गर्ने यो अपराधिलाइ यस्तो सजाय दिइयोस कि आगामि दिनमा यस्तो घट्ना घट्न नसकोस कोहि चेलिबेटि दिदिबहिनिहरुले अक्कालमा मर्न नपरोस कसैको हात बाट मर्न नपरोस भन्दै यस्तो अपराधिलाइ यस्तो सजाए होस बरु फौजदारी कानुन हेरपेर गरेर भए पनि यसलाइ फासि वा जन्मकैदको सजाय होस |

Leave a Reply

Your email address will not be published. Required fields are marked *