पारा ओलम्पिकमा ऐतिहासिक पदक जित्ने पलेशालाई अध्यक्ष लिङ्देनको बधाई – Nepal Press

पारा ओलम्पिकमा ऐतिहासिक पदक जित्ने पलेशालाई अध्यक्ष लिङ्देनको बधाई

खेल क्षेत्रको समग्र विकासमा हुने सरकारको प्रयासमा राप्रपाको साथ, सहयोग र समर्थन रहने प्रतिबद्धता

काठमाडौं । फ्रान्सको पेरिसमा आयोजित पारा ओलम्पिकमा नेपालका लागि ऐतिहासिक काँस्य पदक जित्ने तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले बधाई दिएका छन् ।

उनले सोमबार एक विज्ञप्ति जारी गर्दै नेपालका लागि ऐतिहासिक पदक जितेकोमा बधाई दिँदै खेल क्षेत्रको समग्र विकासमा हुने सरकारको प्रयासमा राप्रपाको साथ, सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त गरे ।

सीमित स्रोत साधनका बाबजुद पति पदक जिताउन सफल भएकोमा आफू प्रसन्न भएको उल्लेख गर्दै अध्यक्ष लिङ्देनले पलेशाको बाँकी खेल जीवनमा सफलताको कामना पनि गरेका छन् ।

‘सीमित श्रोत साधन र आवश्यक प्रशिक्षणका बावजुद पलेसाले प्राप्त गर्नुभएको काँस्य पदक सहितको सफलताले मलाई अत्यन्तै प्रसन्न तुल्याएको छ, विज्ञप्तिमा उल्लेख छ, ‘पलेशालाई पुनः राप्रपाको तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दछु ।’

यस्ताे छ विज्ञप्ति:

प्रेस विज्ञप्ति

फ्रान्सको पेरिसमा भएको पारा ओलम्पिक अन्तर्गत पारा तेक्वान्दोमा नेपालकी खेलाडी पलेशा गोवर्धन श्रेष्ठले ऐतिहासिक पदक जित्न सफल भएकोमा हार्दिक बधाइ एवं शुभकामना व्यक्त गर्दछु । सीमित श्रोत साधन र आवश्यक प्रशिक्षणका बावजुद पलेसाले प्राप्त गर्नुभएको काँस्य पदक सहितको सफलताले मलाई अत्यन्तै प्रसन्न तुल्याएको छ ।

नेपाली खेलकुद इतिहासमा कुनै पनि ओलम्पिक्समा आधिकारिक पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी पलेशाको सफलता अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता भएको छ । उनले नेपाललाई दिलाएको पदक राष्ट्रिय गौरवको विषय हो ।

खेलकुद क्षेत्रलाई राज्यले विशेष प्राथमिकता दिनुपर्ने, खेलकुदमा लगानी वृद्धि गर्नुपर्ने, खेलाडीलाई हौसला प्रदान गरी मनोबल उच्च बनाउने काममा सरकारको ध्यान पुग्नुपर्दछ। खेल क्षेत्रको समग्र विकासमा हुने सरकारको प्रयासमा राप्रपाको साथ, सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त गर्दै बिजेता पलेशालाई पुन: राप्रपाको तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दछु ।

पलेशाको उज्जवल भविष्यको शुभकामना ।

राजेन्द्र लिङ्देन
अध्यक्ष
राष्ट्रिय प्रजातन्त्र पार्टी

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *