३ डीआईजीको सरुवा, को कहाँ ? – Nepal Press

३ डीआईजीको सरुवा, को कहाँ ?

काठमाडौं । तीन जना डीआईजीहरुको सरुवा भएको छ । गृह मन्त्रालयले प्रदेश प्रहरी कार्यालय बागमतीमा कृष्णहरि शर्मा पोखरेललाई पठाएको छ ।

यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा किरण राणा र उपत्यका ट्राफिक प्रहरी कार्यालयमा भरतबहादुर बोहरालाई काज सरुवा गरिएको छ ।

विमानस्थल र उपत्यका ट्राफिकमा पनि केही समयदेखि डीआइजी थिएनन्, भने डीआइजी विष्णु केसी ३० वर्षे सेवा अवधिका कारण अवकाशमा भएपछि बागमती प्रदेशमा डीआइजीको पद रिक्त थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *