मोटरसाइकल दुर्घटनामा मकवानपुरमा दुईजनाको मृत्यु – Nepal Press

मोटरसाइकल दुर्घटनामा मकवानपुरमा दुईजनाको मृत्यु

हेटौँडा । मकवानपुरमा मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मकवानपुरको भीमफेदी र हेटौँडामा भएको छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको ज्यान गएको हो ।

मकवानपुरको भीमफेदी ६ जुरीखेतको हेटौँडा-काठमाडौं सडकखण्डमा भएको दुर्घटनामा प्र.२-०३-०११ प ३४७४ नम्बरमा सबार मोटरसाइकल चालक पर्सा वीरगन्ज-१५ लक्षुमन्वा बस्ने वर्ष ४० को वृत नारायण यादवको मृत्यु भएको हो । सोही मोटरसाइकल पछाडि बस्ने बारा जिल्ला फेटा गाउँपालिका ७ बस्ने रमेश पाण्डे घाइते भएका छन् ।

सोमबार नै मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ मा सिमेन्ट लोड रहेको बा.प्र ०३.००१ ख २०८६ नम्बरको ट्रकको ठक्करबाट बा.प्र.०२-०२२ प २५०२ नम्बरमा सबार हेटौँडा-९ का २५ वर्षीय अभिषेक सुबेदीकोको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *