राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एञ्जिलाले युरोपियन लिग खेल्ने – Nepal Press

राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एञ्जिलाले युरोपियन लिग खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले युरोपियन लिग खेल्ने भएकी छिन् ।

एञ्जिलालाई ग्रिस महिला ‘ए’ लिग क्लबको निस अट्रोमिटौले सिजन २०२४/०२५ को लागि सम्झौता गरेको हो । सम्झौता रकम भने गोप्य राखिएको छ ।

एञ्जिला पहिलो एसिया बाहिर खेल्न लागेकी हुन् ।

अञ्जिलाले युरोपियन क्लबबाट खेल्न पाउँदा खुसी लागेको बताएकी छिन् । ‘पहिलो पटक युरोपियन लिग खेल्न पाउँदा खुसी छु ’ अञ्जिलाले भनिन्, ‘हरेक खेलाडीको सपना युरोपमा खेल्ने हुन्छ । दुई वर्षदेखि लगातार प्रयासमा थिए । अहिले त्यो पूरा हुने भएको छ । लिग खेल्ने उत्साहित छु ।’

विभागीय टोली एपीएफ क्लबमा आबद्ध एञ्जिला युरोपको लिग खेल्ने दोस्रो खेलाडी बनेकी छिन् ।

अञ्जिला अगाडि स्ट्राइकर सावित्रा भण्डारीले युरोपमा खेलेकी छन् । इजारयली लिगको अनुभव लिइसकेकी सावित्रा हाल फ्रेन्च लिगमा आबद्ध छिन् ।

निस अट्रोमिटौ पछिल्लो सिजन २६ खेल खेल्दा ९ जित, ६ बराबर र ११ हारको नतिजासहित नवौँ स्थानमा थियो ।

यसअघि एञ्जिलाले भारतीय र पाकिस्तानी लिग खेलेकी थिइन् । उनले भारत सेथु एफसीमा दुई र पाकिस्तानको मासा युनाइटेमा एक सिजन बताइन् । एञ्जिला दुवै टोलीको कप्तान थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *