लुइस स्वारेजद्वारा संन्यासको घोषणा
हेटौँडा । अन्तर्राष्ट्रिय फुटबलका स्टार खेलाडी तथा उरुग्वेका स्ट्राइकर लुइस स्वारेजले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन्।
३७ वर्षीय खेलाडी स्वालरेजले गएराति १७ वर्ष लामो अन्तर्राष्ट्रिय आफ्नो फुटबल खेल अन्त्य गर्ने निर्णय गरेको घोषणा गरेका हुन् ।
सन् २००७ मा राष्ट्रिय टिमबाट डेब्यु गरेका स्वारेजले आउँदो शुक्रवार पराग्वेसङ्ग्को विश्वकप छनोट खेल आफ्नो अन्तर्राष्ट्रिय फुटबलको अन्तिम खेल हुने बताए ।
उनले देशबाट १४२ खेल खेल्दा ६९ गोल गरेका छन्। स्वारेजले सन् २०१० मा भएको कोपा अमेरिका जितेका थिए। त्यस्तै अन्तिम पटक पनि गत कोपा अमेरिका नै खेलेका हुन्।
शुक्रवार मोन्टेभिडियोमा उरुग्वेले पाराग्वेको सामना गर्दैछ। यो खेल सन् २०२६ फिफा विश्वकप छनोटअन्तर्गतको हो।
हाल स्वारेज अमेरिकी क्लब इन्टर मियामीमा छन्।