रेखा शर्मा सम्बन्धी बालेनको चर्चित स्टाटस फेसबुकले किन गर्‍यो डिलिट ? – Nepal Press

रेखा शर्मा सम्बन्धी बालेनको चर्चित स्टाटस फेसबुकले किन गर्‍यो डिलिट ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह सत्तारुढ दल एमालेसँग फेसबुकमा पैंठेजोरी खेलिरहेका छन् । पार्टीकी एक प्रदेश सांसदलाई पक्राउ गर्न प्रधानमन्त्रीलाई फेसबुकमार्फत दबाब दिएपछि एमालेपङ्ति उनीविरुद्ध उत्रिएको छ ।

बालेनले दुई दिनअघि एउटा स्टाटस लेख्दै एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्मालाई पक्राउ गर्न माग गरेका थिए । शर्माले एक बालिकालाई सात वर्षदेखि श्रम शोषण गरेको र यातनासमेत दिएको उनको आरोप छ ।

उक्त स्टाटसको एमाले कार्यकर्ताले प्रतिवाद गरे । उनीहरूले सर्वोच्च अदालतको आदेशको हवाला दिँदै शर्माले ती बालिकालाई संरक्षण गरेको र ३ कक्षादेखि पढाएको दाबी गरेका छन् ।

एमाले पङ्तिको यो प्रतिवादपछि बालेनले अर्को लामो स्टाटस लेखे । उनले सर्वोच्चको फैसलाको आधा पाठ मात्रै ल्याएर भ्रम छर्न खोजिएको आरोप लगाएका छन् ।

सांसद शर्माको घरमा बसेकी बालिकाले ८ वर्षदेखि बाबुआमा नभेटेको, उनीमाथि कुटपिट गरिएको, अत्यधिक श्रम गराइएको अवस्थामा महानगरले उद्दार गरेको उनको भनाइ छ ।

उच्च अदालतको अन्तिम फैसलाले शर्मामाथि अनुसन्धान गर्ने बाटो खोलेको बालेनले बताएका छन् ।

बालेनले लेखेका छन्, ‘प्रधानमन्त्री खडक प्रसाद ओली ज्यु तपाईं आफ्नो कार्यकर्ताहरुलाई सामान्य ज्ञान दिएर राजनीतिमा लगाउनु होला । पछि यस्तै ज्ञानविहीन भएर देश चलाउने ठाउँमा पुग्दा तपाइजस्तै अरूको इशारामा चल्ने हुनुपर्ला ।’

मेयर साहका यी दुवै स्टाटस तत्कालै भाइरल भएका थिए । हजारौँले लाइक कमेन्ट र सेयर गरेका छन् । तर, अघिल्लो स्टाटस भने एकाएक उनको टाइमलाइनबाट गायब भएको छ । प्रदेश सांसद शर्माको तस्बिर सहित राखेको स्टाटस किन र कसरी डिलिट भयो त ?

बालेन निकट स्रोतका अनुसार यो स्टाटसलाई फेसबुकले नै डिलिट गरिदिएको हो ।

स्रोतले भन्यो, ‘एमालेका कार्यकर्ता र समर्थकले व्यापकरुपमा स्टाटसविरुद्ध रिपोर्ट गरेपछि फेसबुकले डिलिट गरेको हो ।’

बालेनले यही स्टाटस इन्टाग्राममा पनि राखेका थिए । इन्स्टाबाट भने स्टाटस हटेको छैन । फेसबुकमा गरिएका कुनै पनि पोस्ट चित्त नबुझेको भनेर धेरैले रिपोर्ट गरेको खण्डमा फेसबुकले एक्सन लिने गर्छ । यसअघि पनि बालेनका दुई–तीनवटा स्टाटस फेसबुकले डिलिट गरिदिएको थियो ।

डिलिट हुनुअघि बालेनको उक्त स्टाटसलाई बीसौं हजारले सेयर गरेका थिए । अधिकांशले उनलाई समर्थन गर्दै कमेन्ट गरेका थिए । डिलिट भएको स्टाटस यस्तो थियोः


प्रतिक्रिया

10 thoughts on “रेखा शर्मा सम्बन्धी बालेनको चर्चित स्टाटस फेसबुकले किन गर्‍यो डिलिट ?

  1. बालेनको हरकत हेर्दा यो मान्छे कामभन्दा नचाहिएको र आफ्नो क्षेत्र नै नभएको विषयमा हात हाल्दै गरेको देखिदैछ । कि चर्चा पाउन यस्तो गरिन्छ कि त कसैको आदेशमा । बालेनले पछिल्लो पटक ल्याएका यस्ता विषयले उसलाई हानी नै भएको देखिदैछ । यो जान्दाजान्दै किन यसले यस्ता कुराहरू गरिरहेको छ ? यसैले के आशंका हुन्छ भने यो मान्छे कसैको आदेशमा चल्दैछ । त्यस्तो आदेश कसले दिएको हुनसक्छ ? बालेनले खालि एमाले र ओलिलाई बढी आक्रमण गरेकोले कतै यो मान्छे मोदीको दलाल त होईन भन्ने शंका उब्जाएको छ ।भारतीय अहिलेको संस्थापन ओलि र एमालेको खेदो गर्छ किनकी उ गुलाम हुन चाहादैन । अरू त उसका खल्तीका नेता र दल हुन् । उसले भनेको मान्ने ।त्यसैले काँग्रेस, माओवादी र अरू दलका विरूद्व केही बोल्दैन बालेन । खाली ओलिको बिरोध गर्छ । यसबाट प्रमाणित जस्तै हुँदै छ कि कतै बालेन भारतीय र को एजेण्ट त होईन ? जनताले गुनासो लिएर गएमा भेट नै दिदैन । यस्ता कुरा फेसबुकमा लेखेर बस्छ । हामीले त काम गर्दा फुर्सद नभएर जनतालाई भेटन नसकेको होला भन्ठानेको त होइन रहेछ । यस्ता कुरा दशतिर लेख्न चाहिँ कहाँबाट समय पायो यसले ? सचेत बनौं कतै दिल्लीको एजेण्ट त होईन बालेन ? खोजी गरौं ।

    1. झोलेहरुले बुझुन कि कालो काङ्ग्रेस , भ्रष्ट एमाले , हत्यारा माओवादी र साम्प्रदायिक मधिसे दलको अन्त्य नभै देश बन्दैन!

  2. Balan g kura bhanda badhi kaam ma dhyan disyo kp kasto kura katera basnu vaneko aafnai image ghtaunu ho promise..so don’t make mistake again and again. Harka sampang jasto bhanlan please kindly do ur work beside to bark

  3. यिनीहरू सुध्रिन चाँहदैनन्। बरु सकिन तयार छन् जनताले के खोजिरहेका छन् त्यता ध्यान छैन जयजयकार मै दिन बितेको छ।

  4. मान्छे कि नजान्ने भएर विग्रन्छ यात वढि जान्ने भएर विग्रन्छ ।केहि मान्छे आफ्नाे क्षेत्राधिकार विर्सेर सवभन्दा जान्ने,सवभन्दा सिपालु वन्दै अन्यलाई अर्ति उपदेस दिदै हिडेकाे देखिन्छ ।

  5. बालेन आफ्नो लोजिक, नियम,कानुन,बिधि,बिधान, दर्शन भन्दा सन्काह, उत्तेजित, प्रबृत्तिका देखिन्छन, यस्ता साशक त पहिलेइ आएका हुन नि, जङ्गबहादुर लगायत तेसैले अहिलेका नेताका बिकल्प बालेन हुनै सक्तैनन, यदि भए पनि पहिलो बिरोधि नै आजका समर्थक हुनेछन।

    1. दलहरु आफू सुद्धृन चाहदैनन् ,कताबाट हुन्छ बालेन को छिद्द्र पत्ता लगायेर कैलेइ नउठ्ने गरि खाडलमा हालेर थिच्नचाहन्छ्न यो नियत दलहरुको देखिदैछ !!!

  6. न्याय मरेकाे देशमा असत्यकाे पछाडि लाग्नु अन्यथा हाेईन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर