एक महिनामै निर्जीवन बीमा कम्पनीहरूले उठाए ४ अर्ब रुपैयाँ भन्दा बढी बिमाशुल्क – Nepal Press

एक महिनामै निर्जीवन बीमा कम्पनीहरूले उठाए ४ अर्ब रुपैयाँ भन्दा बढी बिमाशुल्क

काठमाडौं । निर्जीवन बीमा व्यवसाय गर्ने बिमा कम्पनीहरूले एक महिनामै ४ अर्ब २६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

२ लाख २१ हजार ७१ बिमालेख जारी गरेर सो शुल्क उठाएका छन् । साउनमा मात्र १४ निर्जीवन बिमा कम्पनीले १५ खर्ब ६५ अर्ब २१ करोड ९५ लाख रुपैयाँ भन्दा बढीको बिमा गरेका थिए ।

सबैभन्दा बढी रकमको बिमा आइजिआई प्रुडेन्सियलले गरेको छ । यस बिमा कम्पनीले एक महिनामै ३ खर्ब ६१ अर्ब रुपैयाँ भन्दा बढी रकमको बीमा गरेको छ ।

दोस्रो बढी बिमा गर्नेमा सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी रहेको छ । यसमा २ खर्ब ६४ अर्ब बढीको बिमा भएको छ ।

तेस्रोमा सिद्धार्थ प्रिमियर इन्योरेन्समा १ खर्ब ४८ अर्ब बढीको बीमा भएको बिमा प्राधिकरणले जनाएको छ । बिमा बढी हुनु भनेको उक्त कम्पनीप्रति बिमकको विश्वास बढ्नु पनि हो ।

नेपालमा सञ्चालित ४ लघु निर्जीवन बीमा कम्पनीहरूले भने साउन महिनामा २० हजार २ सय ४३ बीमालेख जारी गरेका छन् । सो बिमालेखबाट गरी ५ करोड १६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

नेपाल माइक्रो लघु निर्जीवन बीमा कम्पनीले १ करोड ३८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यस्तै प्रोटेक्टीभ माइक्रो बीमा कम्पनीले १ करोड ३६ लाख, स्टारले १ करोड १८ लाख र ट्रस्टले १ करोड २२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यी चार लघुबिमाले ६ अर्ब ७७ करोड रुपैयाँ बराबरको बिमा गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *