साफ यू-२० च्याम्पियनसिपको फाइनल पुगेको नेपाली टोलीका सदस्यले पाए ५० हजार रुपैयाँ पुरस्कार
टिकटबाट एउटा खेलाडीलाई थप १५ हजार
काठमाडौं। साफ यू-२० च्याम्पियनसिप फुटबलको फाइनल खेलेको नेपाली राष्ट्रिय टोलीका सदस्यले जनही ६५ हजार ४० रुपैयाँ पाएका छन् ।
पुरस्कारबापत ५० हजार र टिकटबाट उठेको रकमबाट हरेक खेलाडीले १५ हजार ४० रुपैयाँ पाएको अखिल नेपाल फुटबल संघले जनाएको छ ।
एन्फा कार्य समिति बैठकले उपविजेता बनेको नेपाली टोलीका खेलाडीलाई जनही ५० हजार रुपैयाँ र टिकट बाट उठेको रकमको २० प्रतिशत दिने निर्णय गरेको थियो ।
अगस्ट अन्तिम साता घरेलु मैदानमा सम्पन्न भएको प्रतियोगिताको फाइनलमा नेपालले बंगलादेशसँग हार ब्यहोरेको थियो ।
प्रशिक्षक उर्जन श्रेष्ठले ५० हजार तथा सहायक प्रशिक्षकहरू सचिन्द्र धिमाल र राजुसिंह महर्जनले पनि जनही २५ हजार रुपैयाँ पाएका छन् ।
टीम म्यानेजर रविन खड्का र फिजियो अनिश बुढाथोकीलाई पनि २५र२५ हजार रुपैयाँ प्रदान गरिएको छ ।