अदालती तथ्य : मुना पाण्डेलाई किनमेल गरेर आउँदा पेस्तोल लिएर पच्छाइएको थियो – Nepal Press

अदालती तथ्य : मुना पाण्डेलाई किनमेल गरेर आउँदा पेस्तोल लिएर पच्छाइएको थियो

काठमाडौं । अमेरिकाको टेक्सस राज्यको हस्टनमा हत्या गरिएकि नेपाली विद्याथी मुना पाण्डेबारेमा अदालतले केहि तथ्य सार्वजनिक गरेको छ ।

त्यो तथ्य अनुसार मुनाको अपार्टमेन्टको सीसीटिभी फूटेजमा बबीसिंह साह देखिएका छन् । साहको हातमा पेस्तोल छ । भने मुनाको साथमा किनमेल गरेर ल्याइएको जुत्ताको बक्स, पर्स, कालो ज्याकेट र किनमेल झोला थियो ।

फूटेज अनुसार पाण्डेले तोस्तोल बोकेका साहलाई सोधेकी छिन्, ‘के गर्न लागेको ?’ जवाफमा साहले पेस्तोल देखाएर ढोका खोल्न जबरजस्ती गरेको देखिइएको छ ।

केहि समयपछि साहले पाण्डेलाई भित्र ठेलेर चाबी लाएको र एक घण्टापछि उनको पर्स हातमा लिएर निस्किएको देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर