कतारका लागि प्रस्तावित राजदूतको सुनुवाई – Nepal Press

कतारका लागि प्रस्तावित राजदूतको सुनुवाई

काठमाडौं । संसदीय सुनुवाइ समितिले कतारका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाई गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको बैठकले कतारका लागि प्रस्तावित राजदूत रमेश चन्द्र पौडेलले संसदीय सुनुवाई गरेको हो । सो क्रममा प्रस्तावित राजदूत पौडेलले आफ्नो भावी कार्ययोजना प्रस्तुत गरेका थिए ।

उनले नेपाल र नेपालीको सर्वोपरी हित रक्षा गर्नु र प्रवद्र्धन गर्ने, कतार सरकारसंगको सम्बन्ध विस्तार र सवल बनाउने सम्बन्धमा नेपाल सरकारको प्रतिनिधि भइ आवश्यक कार्यसम्पादन गर्ने धारणा राखे। कतार र नेपालबीच भएका श्रम सम्झौता पुर्नलेखन र नविकरण गर्दा देखिएका समस्या समाधानका प्रावधान समावेश गर्ने अधिकतम प्रयास गर्ने उनले बताए ।

रोजगारदाताको कार्यस्थलको अनुगमन गर्ने, कार्यक्षेत्रमा देखिएका श्रमिको समस्या समाधान गर्ने, वैकल्पिक श्रम बजारका लागि संयुक्त पहल गर्ने, प्रत्यक्ष वैदेशिक लगानी भित्राउने लगायतका कार्यहरुले आफूले गर्ने पौडेलले उल्लेख गरे ।

यसअघि समितिले आइतबार र सोमबार इजरायल, मलेसिया, पाकिस्तान, पोर्चुगल, चीन, डेनमार्क, जर्मनी र भारतका लागि प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ गरेको थियो । समितिले २२ गतेसम्म निरन्तर प्रस्तावित राजदूतको सुनुवाई गर्ने जनाएको छ ।

त्यस्तै भदौ २४ गते र २५ गते छलफल गरी निर्णय गर्ने गरि कार्यतालिका समितिले बनाएको छ । सरकारले साउन १४ गते बिभिन्न १७ देशका लागि राजदूत सिफरिस गरेको थियो । संविधान अनुसार राजदूत पदमा सिफारिस भएकाहरूको संसदीय सुनुवाइ गर्नुपर्ने व्यवस्था छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर