समानुपातिक समावेशी सिद्धान्तअनुसार राजदूत नियुक्ति गर्न संसदीय समितिको ध्यानाकर्षण – Nepal Press

समानुपातिक समावेशी सिद्धान्तअनुसार राजदूत नियुक्ति गर्न संसदीय समितिको ध्यानाकर्षण

काठमाडौं । राजदूत सिफारिस गर्दा समानुपातिक समावेशी सिद्धान्तअनुसार गर्न संसदीय समितिले सरकारको ध्यानाकर्षण गरेको छ ।

मंगलबार बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकले नेपालको संविधानको प्रस्तावना, धारा ४२ र धारा २८२ को व्यवस्था र राजदूत नियुक्तिसम्बन्धी निर्देशिका २०७५ सम्झाउँदै सरकारलाई राजदूत नियुक्तिमा समानुपातिक समावेशी सिद्धान्तमा ध्यान दिई सिफारिस गर्न सरकारको ध्यानाकर्षण गरेको हो ।

मन्त्रिपरिषद्ले राजदूत नियुक्ति सिफारिस गर्दा समानुपातिक समावेशी सिद्धान्तलाई बेवास्ता गरेको भन्दै सार्वजनिक रुपमै प्रश्न उठिरहेको छ ।

समितिले मंगलबार परराष्ट्रमन्त्री आरजु राणा देउवाको भारत भ्रमणको विषयमा मन्त्री देउवा र परराष्ट्र सचिव सेवा लम्सालसँग छलफल गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर