गण्डकीमा मन्त्री पद नै लिलामीमा छ, प्रदेश सरकार भंग गरौं: राप्रपा सांसद कार्की (भिडिओ)
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश संरचना भंग गर्न माग गरेको छ। प्रतिनिधिसभाको बैठकमा बोल्दै राप्रपाकी सांसद रोशन कार्कीले प्रदेश सरकारमा भद्रगोल देखिएको बताइन् ।
उनले भनिन्, ‘गण्डकीमा मन्त्री पद नै लिलामीमा छ । यो के हो ? त्यसैले राप्रपाले यो प्रदेशलाई भंग गरौं, सेतो हात्ती नपालौं भनेको छ, यस्तो खालको गाईजात्रा हेर्न नपरोस्, मन्त्रीले तीतेपाती र वनमारा हेर्न म वन मन्त्रालयमा जान्न भन्नुभएछ । के वन मन्त्रालयमा तीतेपाती र वनमारामात्रै देखिन्छ ? यो मन्त्रिपरिषद्को पनि अपमान भएको छ ।’
गण्डकी प्रदेशमा मन्त्रालय हेरफेरमा असन्तुष्टि जनाउँदै गण्डकीका वन तथा वातावरणमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले राजीनामा दिँदै वन मन्त्रालयको कामै नभएको टिप्पणी गरेका थिए । उनी यसअघि भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री थिए ।
गुरुङले आफ्नो भागमा परेको मन्त्री पद बेच्ने तयारीमा रहेकोसमेत प्रतिक्रिया दिएका थिए ।
हेर यी साँसदका तल्लो स्तरका कुरा । ठूलो भाग खान नपाएर मनाङ्गेले राजिनामा दिंदा पद छोडनु परेको झोकमा के भन्यो यी आवाराहरूलाई मसला पुग्यो । धिक्कार छ तिमीहरूको जिन्दगी ।