सञ्चारमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै कांग्रेस सांसदले भने- मन्त्रीहरूको जिब्रोमा ब्रेक लगाइयोस् (भिडिओ) – Nepal Press

सञ्चारमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै कांग्रेस सांसदले भने- मन्त्रीहरूको जिब्रोमा ब्रेक लगाइयोस् (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफू सत्तापक्षकै भए पनि मन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक रहेको बताए ।

उनले मन्त्रीहरुलाई जिब्रोमा ब्रेक लगाउन पनि आग्रह गरे ।

एमालेका उपमहासचिवसमेत रहेका गुरुङले शनिबार प्रेस चौतारीले पोखरामा गरेको कार्यक्रममा बोल्दै प्रहरी समायोजनको विषयलाई लिएर ‘आईजीपीको जिब्रो थुत्नुपर्ने’ अभिव्यक्ति दिएपछि उनी विवादमा तानिएका छन् ।

सांसद खतिवडाले त्यसबारेमा सदनमा जवाफ दिन पनि माग गरे ।

उनले गण्डकीमा मन्त्री पद पैसामा बिक्री गर्न सुरु भएको हो कि होइन भन्दै सरकारसँग जवाफ मागे ।


प्रतिक्रिया

One thought on “सञ्चारमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै कांग्रेस सांसदले भने- मन्त्रीहरूको जिब्रोमा ब्रेक लगाइयोस् (भिडिओ)

  1. गण्डकीको मन्त्री पद बिकेको कुरा कि तिम्रो पार्टीमा गर कि गण्डकीको प्रदेश सभामा उठाउ मिस्टर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर