नतिजा प्रकाशनमा त्रुटि देखिएपछि एमबीबीएस र पारामेडिकलका विद्यार्थीले गरे आयोगमा प्रदर्शन (भिडिओ) – Nepal Press

नतिजा प्रकाशनमा त्रुटि देखिएपछि एमबीबीएस र पारामेडिकलका विद्यार्थीले गरे आयोगमा प्रदर्शन (भिडिओ)

काठमाडौैं । चिकित्सा शिक्षा आयोगले एमबीबीएस र पारामेडिकलको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशनमा त्रुटि गरेको भन्दै विद्यार्थीहरुले शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन् ।

विद्यार्थीहरुले आज आयोगको कार्यालय अगाडि न्याय चाहियो भन्दै शान्तिपूर्ण विरोधप्रदर्शन गरेका हुन् । उनीहरुले ओएमआर सीट, एन्सर की, प्रश्नपत्र सेट हेर्न पाउनुपर्ने लगायतका माग गरेका छन् ।

साथै, उनीहरुले विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । पीडित विद्यार्थीहरुले राष्ट्रिय परीक्षा बोर्डको कार्यालयदेखि नै बाटो बन्द गरेर धर्नामा बसेका छन् ।

आयोगले गत शुक्रबार प्रकाशित गरेको एमबीबीएस तथा शनिबार प्रकाशित गरेको पारामेडिकलको नतिजामा त्रुटि भएको थियो ।

एमबीबीएसको नतिजामा प्रकाशित गर्दा समान अंक प्राप्त गर्दा क्रमशः बायोलोजी, केमेस्ट्री, फिजिक्स र गणितमा प्राप्त अंकका आधारमा हुनुपर्नेमा रोल नम्बरका आधारमा सूची प्रकाशित भएको थियो भने पारामेडिकलको नतिजामा भने एउटा विद्यार्थीको रोल नम्बर र प्राप्तांकमा अर्कै विद्यार्थीको नाम प्रकाशित भएको थियो ।

आयोगले भदौ १ देखि ५ सम्म चिकित्सा शिक्षाका विभिन्न विषयको एकीकृत प्रवेश परीक्षा लिएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *