सरकार प्रतिपक्षप्रति पूर्वाग्रही बन्यो, नयाँ दलको अपमान गर्छ : सांसद मगर (भिडिओ) – Nepal Press

सरकार प्रतिपक्षप्रति पूर्वाग्रही बन्यो, नयाँ दलको अपमान गर्छ : सांसद मगर (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्ती मगरले सरकार प्रमख प्रतिपक्षप्रति पूर्वाग्रही बनेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकारले आफूविरुद्ध बोल्नेहरुलाई गिरफ्तार गरेकोप्रति आपत्ति जनाए ।

उनले भने, ‘सरकार प्रतिपक्षप्रति पूर्वाग्रही बन्नु, नाति पुस्ताकाले केही जानेको छैन भनेर नयाँ दलप्रति अपमान गर्नु, सामाजिक सञ्जालमा लेख्ने र बोल्ने नागरिकलाई गिरफ्तार गर्नु, सुशासनको पक्षमा काम गर्ने कर्मचारीहरुको सरुवा गर्नु, सरकारको जिम्मेवार मन्त्रीबाट प्रहरी प्रमुखलाई सार्वजनिक कार्यक्रमबाट धम्क्याउनतिर लागेको छ ।’


प्रतिक्रिया

One thought on “सरकार प्रतिपक्षप्रति पूर्वाग्रही बन्यो, नयाँ दलको अपमान गर्छ : सांसद मगर (भिडिओ)

  1. तिम्रो सुप्रिमोले सरकार विरूद्व ७ दिन मै बीस बमन गरेको किन ? बैना फिर्ता गर्नु परेर ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर