एसिड आक्रमणमा परेकालाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णयप्रति सांसद कंसाकारको धन्यवाद (भिडिओ) – Nepal Press

एसिड आक्रमणमा परेकालाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णयप्रति सांसद कंसाकारको धन्यवाद (भिडिओ)

काठमाडौं । सांसद विन्दबासिनी कंसाकारले तेजाव आक्रमणको दशक पछि अदालतको फैसलाबमोजिम क्षतिपूर्ति रकम उपलव्ध गराउने निर्णयप्रति सरकारलाई धन्यवाद दिएकी छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकको शुन्य समयमा तेजाव आक्रमणबाट ज्यान मार्ने उद्योग मुद्दाको पिडित सांसद कंसाकारले लामो समयपछि सरकारले उपचारमा खर्च भएको रकममध्ये फैसलाबमोजिम मनासिव माफिक क्षतिपूर्ति रकम उपलव्ध गराउने निर्णय गरेको भन्दै धन्यवाद दिइन् ।

त्यस्तै, उनले अपराध भोगेर पाइने शारीरिक, सामाजिक र मानसिक पिडाका साथै समयमा नै न्याय नपाउँदा हुने पिडा झनै कष्टकर हुने भएकाले अदालतले गरेको आदेश÷फैसला बमोजिम चाडो क्षतिपूर्ति पाउने व्यवस्था गर्न सरकारको ध्यानकर्षण गराइन् ।

केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले तेजाव आक्रमण पीडित सांसद कंसाकारको उपचारमा खर्च भएको रकममध्ये फैसलाबमोजिम मनासिव माफिक क्षतिपूर्ति रकम उपलव्ध गराउने र उक्त रकम प्रतिवादीबाट असुलउपर गरि पीडित राहत कोषमा सोधभर्ना गर्ने व्यवस्था मिलाउने निर्णय गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर