नदी किनाराका बस्ती जोगाउने एमालेको अभियानमा कांग्रेस मिसियो, फैसला पुनरावलोकन गर्न सांसद चालिसेको माग (भिडिओ) – Nepal Press

नदी किनाराका बस्ती जोगाउने एमालेको अभियानमा कांग्रेस मिसियो, फैसला पुनरावलोकन गर्न सांसद चालिसेको माग (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका सांसद सन्तोष चालिसेले काठमाडौंका नदी किनारामा थप २० मिटर जग्गामा संरचना बनाउन नपाइने सर्वोच्चको आदेशको पुनरावलोकन गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको आकस्मिक समयमा बोल्दै चालिसेले अदालतको उक्त आदेशपछि काठमाडौंका ८० हजार घर परिवारको रुवाबासी भएको भन्दै पुनरावलोकनको माग गरेका हुन् ।

२०६५ सालमा नै अधिकारसम्पन्न बागमती एकीकृत आयोजनाले २०-२० मिटर अधिग्रहण गरिसकेको अवस्थामा थप २० मिटरभित्र संरचना बनाउन नपाउने आदेश न्यायोचित नरहेको उनको भनाइ छ । उक्त फैसला कसले गर्न लगायो भन्दै उनले प्रश्नसमेत गरे ।

चालिसेले बागमतीको जलाधार नियन्त्रण गर्ने सवालमा धेरै उपाय रहेको भन्दै साराको बास उठाएर नियन्त्रण गर्न नपाइने जिकिर गरे ।

यसअघि नेकपा एमाले काठमाडौंले पनि फैसला अव्यवहारिक भएको भन्दै पुनरावलोकनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर