संसदीय छानबिन विशेष समितिको १५ दिन म्याद थप (भिडिओ) – Nepal Press

संसदीय छानबिन विशेष समितिको १५ दिन म्याद थप (भिडिओ)

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको म्याद १५ दिन थप भएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा समितिको कार्यवधि १५ दिनका लागि थप गरिएको हो ।

आजको बैठकमा समितिका सभापति सूर्य थापाले हालसम्म गरेका कार्यप्रगतिबारे जानकारी गराएका थिए । समितिलाई तीन महिनाको समय दिएर जेठ १५ गते थापाको सभापतित्वमा ७ सदस्यीय छानबिन समिति गठन गरिएको थियो । तर, तीन महिनामा काम नसकेपछि आज १५ दिनका लागि म्याद थप गरिएको हो ।

समितिले अहिले बयान लेखनको काम गरिरहेको छ । समितिमा एमालेकी सरिता भुसाल, कांग्रेसबाट ईश्वरी न्यौपाने र दिलेन्द्र बडू, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपा ध्रुवबहादुर प्रधान रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *