माओवादी सांसदको माग- प्रचण्डलाई नोबेल शान्ति पुरस्कार दिइनुपर्छ (भिडिओ) – Nepal Press

माओवादी सांसदको माग- प्रचण्डलाई नोबेल शान्ति पुरस्कार दिइनुपर्छ (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई नोबेल शान्ति पुरस्कार दिन माग गरेका छन् । प्रतिनिधि सभा बैठकमा बोल्दै प्रचण्डले शान्तिको लागि अथक प्रयास गरेको भन्दै नोबेल शान्ति पुरस्कार दिनुपर्ने बताए ।

उनले भने, ‘जनताको लोकतन्त्रको पक्षमा, नागरिकको पक्षमा, समावेशी, समानुपातिक, गणतन्त्रको पक्षमा लड्नुभयो तसर्थ त्यतिखेर एउटा आन्दोलनको नेतृत्व भएको कारणले रामजस्तै यी सबैको जनक भनिनु पर्छ । शान्तिको लागि अथक प्रयास गर्नुभएको कारणले उहाँलाई नोबेल पुरस्कारको प्रस्ताव गर्नुपर्छ । नोबेल पुरस्कार पनि दिनुपर्छ भन्ने माग राख्न चाहन्छु ।’

उनले जनयुद्धलाई हिंसा भनेकोप्रति पनि आपत्ति जनाए ।

 


प्रतिक्रिया

2 thoughts on “माओवादी सांसदको माग- प्रचण्डलाई नोबेल शान्ति पुरस्कार दिइनुपर्छ (भिडिओ)

  1. के कामको लागि ? १७००० मारेकोमा ? वाहियात । यो संसद बैठक यस्तै वाहियात गफ गर्न किन चालू राखेको ? बिधेयक अडकेर बसेका छन् । यी साँसदहरू दलालीमा मस्त छन् ।

  2. नाेबेल शान्ति पुरस्कार नेपालकाे संसदले दिने हाे कि नेपाल सरकारले दिने हाे ? जसले दिने हाे, त्यतै कुरा राख्नुपराे । नेपालकाे संसदमा त नेपाली किसान मजदुरका समस्या र ती समस्या समाधानका कुरा हुन पर्ने हाे जस्ताे लाग्छ । तर त्यता त कसैले मतलब राखे जस्ताे लाग्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर