सरकारलाई चन्द्र भण्डारीको चेतावनी- यही तरिकाले चले व्यवस्थामाथि संकट आउनसक्छ, यो भारी बोक्न सक्दैनौं (भिडिओ) – Nepal Press

सरकारलाई चन्द्र भण्डारीको चेतावनी- यही तरिकाले चले व्यवस्थामाथि संकट आउनसक्छ, यो भारी बोक्न सक्दैनौं (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार यही तरिकाले चले व्यवस्थामाथि नै संकट आउनसक्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकारको कदमले नेतृत्वमाथि र मुलुकमाथि पनि संकट आउनसक्ने बताए।

उनले कांग्रेस एमाले मिलेर बनेको सरकारले काम गरेर देखाउनुपर्ने बताउँदै उनले भने, म पनि व्यवस्थाका लागि लडेर साढे ५ वर्ष जेल परेको हुँ। नेतृत्वको इच्छाशक्ति नहुँदा काम गरौँ भन्दा पनि हामीले जवाफ दिनुपर्ने यो भारी बोक्न सक्दैनौ।’

उनले एनसेलबाट अर्बौ बक्यौँता रकम असुली नगरेको भन्दै सरकारको आलोचना गरे। एनसेल र विद्युत् पैसा उठाउन नसकिने, जहाजहरु ग्राउन्डेड हुनेलगायतका विषय बाहिर आउँदा पनि सरकारलाई चिन्ता नभएकोप्रति आपत्ति जनाए।

उनले थपे, ‘एनसेलले ६५ अर्ब तिरेन। कहिले विद्युतको पैसा तिरेन। कहिले के ? यो के नाटक हो? यो के नाटक हुँदैछ? त्यसकारण यसको सम्बन्धित मन्त्रीहरुले जवाफ दिनुपर्छ। सरकारले यसको जवाफ दिनुपर्छ। एनसेलले पैसा तिर्नुपर्दैन ? जनतासँग पैसा लैजाने, चलाउने। जनतासँग पैसा लिएपछि सरकारले उठाउनुपर्दैन ? धेरै प्रश्न उठेका छन्। म आदरणीय सभामुखमार्फत यसको जवाफ सरकारले तुरुन्त दिनुपर्छ। यसको रुलिङ पनि गर्नुपर्छ भन्ने म माग गर्न चाहन्छु।’


प्रतिक्रिया

One thought on “सरकारलाई चन्द्र भण्डारीको चेतावनी- यही तरिकाले चले व्यवस्थामाथि संकट आउनसक्छ, यो भारी बोक्न सक्दैनौं (भिडिओ)

  1. अलि हतारमा टिप्पणी गरेको देखियो । सरकार समस्या समाधान गर्न लागिरहेको छ । यिनले पनि मन्त्री नपाएको झोक फेरे । कि कुनै डनको गैरकानूनी काम यिनको सिफारिशमा सरकारले गरिदिएन भनेर यिनले रिस पोखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर