घनश्यामको आरोप- ठूल्ठूला भ्रष्टाचारमा भागशान्ति राष्ट्रिय सहमतिअनुसार वितरण हुन्छ – Nepal Press

घनश्यामको आरोप- ठूल्ठूला भ्रष्टाचारमा भागशान्ति राष्ट्रिय सहमतिअनुसार वितरण हुन्छ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले दलाल पुँजीवादले कम्युनिष्ट, कांग्रेस, राजावादी, विखण्डनवादी सबैलाई एउटै टेबुलमा डिनर गराउने भएकाले ठूल्ठूला भ्रष्टाचारमा भागशान्ति राष्ट्रिय सहमतिअनुसार वितरण गर्ने गरेको दाबी गरेका छन् ।

काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले दलाल पुँजीवादले कम्युनिष्ट, कांग्रेस, राजावादी, विखण्डनवादी सबैलाई एउटै टेबुलमा डिनर गराउने बताए ।

उनले भने, ‘सबैलाई एउटै भाषा सिकाउँछ । एउटै कुरा सोच्न लगाउँछ । तीनलाई विभिन्न रूपमा प्रस्तुत गर्दिन्छ । कुनै पनि ठूला भ्रष्टाचार काण्ड छन् भने ती भागशान्ति राष्ट्रिय सहमतिअनुसार वितरण हुन्छ । त्यसले सबै कब्जा गरिन्छ । हामी कहाँ त्यस्तै भएको छ ।’

दलाल कोठरीका डिनर पार्टीले मात्रै जित्न नसकेको भन्दै महासचिव भुसालले स्वाधीनता, इतिहासप्रतिको गौरवले जनताले प्रश्न उठाइराखेको बताए ।

उनले एमसीसीमाथि संसदीय अनुगमन समिति बनाउनुपर्ने माग गरे ।

उनले थपे, ‘व्याख्यात्मक टिप्पणीअनुसार लागू भइराखेको छ कि छैन, त्यसमा के समस्या छ ? अनुगमन समितिले स्पष्ट पारेपछि जनता हल्लाको पछाडि लाग्नुपर्दैन । एमसीसीलाई नेपालविरुद्ध प्रयोग हुन नदिन कमसेकम एउटा भरपर्दो माध्यम चाहिन्छ ।’

उनले अमेरिकी अधिकारीहरूले नै एमसीसी इन्डोप्यासेफिक स्ट्राटेजी (आईपीएस)को अंग हो भनेपछि विवाद बढेको सुनाए । आईपीएस अमेरिकीको चीनविरोधी घोषित मोर्चाबन्दी भएको उनले दाबी गरे ।


प्रतिक्रिया

One thought on “घनश्यामको आरोप- ठूल्ठूला भ्रष्टाचारमा भागशान्ति राष्ट्रिय सहमतिअनुसार वितरण हुन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर