फुटपाथ खाली गर्न सडकमा निस्किए तुलसीपुरका मेयर र उपमेयर – Nepal Press

फुटपाथ खाली गर्न सडकमा निस्किए तुलसीपुरका मेयर र उपमेयर

दाङ । तुलसीपुर बजारको फुटपाथ खाली गराउन नगर प्रमुख र उपप्रमुख नै सडकमा निस्किएका छन् ।

उपमहानगरको सार्वजनिक सूचनालाई अटेर गर्दै व्यापारीले सडकपेटी र फुटपाथमै सामान राखेर बेच्न थालेपछि त्यसलाई हटाउन नगर प्रमुख टीकाराम खड्का र उपप्रमुख स्यानी चौधरी दलबलसहित बजार अनुगमन गरेका हुन् ।

बजार व्यवस्थापक र प्रहरी सहित गएको नगर प्रमुखको नेतृत्वको अनुगमन टोलीले सडक र फुटपाथमा सामान नराख्न अनुरोध गर्‍यो । तर,उपमहानगरको अभियानलाई अटेर गर्नेको सामान नै जफत गरिएको छ ।

बजारलाई व्यवस्थित र सुन्दर बनाउन सडकपेटी र फुटपाथ खाली गराउने अभियान थालिएको नगर प्रमुख खड्काले बताए । ‘व्यापारीले सटकपेटी मिचेर सामान राख्दा बजार अस्तव्यस्त भयो ।’ नगर प्रमुख खड्काले भने,‘व्यापार गर्ने कोठामा हो । सडकपेटीमा होइन ।  त्यसैले व्यापारीलाई अनुरोध गर्न पसलमै पुगेका हौँ ।’

अबदेखि बजारमा सटर भन्दा बाहिर सामान राख्न नदिइने बजार व्यवस्थापन शाखा प्रमुख रेखा शर्माले जानकारी दिइन । आज सचेत गराइएको र फेरि जाँदा सटर भन्दा बाहिर सामान राखेको पाइएमा जफत गरी जरीवाना समेत गरिने उनले बताइन् ।

सटकपेटीमा सामान राख्नाले यात्रुबीच सडकमा हिडुनुपर्ने र त्यसले दुर्घटना निम्त्याउने जोखिमलाई रोक्न पनि यस्तो कदम चालिएको उपप्रमुख चौधरीले जानकारी दिइन् । बजारलाई व्यवस्थित गर्न अनुगमनलाई निरन्तरता दिइने तुलसीपुर उमहानगरले जनाएको छ ।


प्रतिक्रिया

One thought on “फुटपाथ खाली गर्न सडकमा निस्किए तुलसीपुरका मेयर र उपमेयर

  1. बालेन प्रबृधी हैन,सम्यम भै उचित ब्यवस्थापन गरिनु प्रछ । गरिबले पनि बाच्च पाउनु प्रछ,4 पाथि ममफलि , एक डोका सुन्तला र चारमाना काफल बेच्नेले कसरी जिबिको पार्जन गर्ला ,सचेत रहौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *