सार्फीको अध्यक्ष बने गभर्नर अधिकारी – Nepal Press

सार्फीको अध्यक्ष बने गभर्नर अधिकारी

काठमाडौं । साउथ एसिया रिजन फाइनान्सियल इन्क्लुजन इनिसियटिभ (सार्फी) को अध्यक्ष नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बनेका छन् ।

मध्य अमेरिकी मुलुक एल्साल्भाडोरको राजधानी सान्साल्भाडोरमा २ सेप्टेम्बर, २०२४ देखि जारी ग्लोबल फोरमको बैठकले अध्यक्षता नेपाल राष्ट्र बैंकलाई हस्तान्तरण गरेको हो ।

नेपाल राष्ट्र बैंकको नेतृत्व गर्ने गभर्नर अधिकारीले सार्फीको अध्यक्षता गरेका हुन् । सो अवसरमा गभर्नर अधिकारी भर्चुअल माध्यमबाट सहभागी भई बैठकको अध्यक्षता गरेका थिए ।

बैठकले स्टेट बैंक अफ पाकिस्तान (एसबीपी) लाई सार्फीको उपाध्यक्ष चयन गरेको छ । यसअघि सार्फीको नेतृत्व माल्दीभ्स मनिटरी अथोरिटीमा थियो भने राष्ट्र बैंककतर्पmबाट गभर्नर अधिकारी उक्त सञ्जालको उपाध्यक्ष थिए ।

सन् २०२२ सेप्टेम्बरमा जोर्डनको डेड सीमा सम्पन्न ग्लोबल पोलिसि फोरमको बाह्रौँ बैठकका क्रममा सार्फी स्थापना भएको थियो । नेपाल राष्ट्र बैंकसहित बङ्गलादेश, भुटान, माल्दिभ्स, पाकिस्तान र श्रीलङ्काका केन्द्रीय बैंकहरू उक्त सञ्जालमा आबद्ध छन् ।

क्षेत्रीयस्तरमा ज्ञान आदानप्रदान, क्षमता अभिवृद्धि र संयुक्त सिकाइ अभ्यास, प्राविधिक सहायताको कार्यान्वयन, विश्वव्यापी र क्षेत्रीयस्तरका असल अभ्यासको अनुसरण गर्दै सबै वित्तीय समावेशीकरणलाई प्रवर्द्धन गर्ने लगायतका उद्देश्यसहित सार्फी स्थापना गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *