नेकपा महासचिव विप्लव र क्युवाका कार्यवाहक राजदूत अवेलबीच भेट – Nepal Press

नेकपा महासचिव विप्लव र क्युवाका कार्यवाहक राजदूत अवेलबीच भेट

रूपन्देही । नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव) र नेपालका लागि क्युवाका कार्यवाहक राजदूत अवेल अवेलाबीच बुधबार भेट भएको छ ।

भेटमा महासचिव विप्लव र कार्यवाहक राजदूत अबेलले साम्राज्यवादविरुद्ध क्युवाली जनताको सङ्घर्षप्रति बलियो ऐक्यबद्धता व्यक्त गरे । नेपाली क्रान्तिका लागि क्युवा र नेपालबीच महत्त्वपूर्ण समन्वय आवश्यक रहेकोबारे समेत छलफल भएको बुझिएको छ ।

भेटमा महासचिव विप्लवले क्युवाको शिक्षा, राजनीतिलाई नेपाली मौलिकतामा समन्वय गरेर अगाडि बढ्न आवश्यक रहेको र त्यसमा आफूहरू सकारात्मक रहेको बताएको नेकपाका केन्द्रीय प्रचार विभाग सदस्य प्रकाश डुम्रेले बताए ।

भेटमा नेकपाका अन्तर्राष्ट्रिय विभाग सदस्य खगेश्वर केसी, केन्द्रीय सदस्य प्रकाश शाहीलगायतको उपस्थिति थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर