एमाले पोलिटब्युरो बैठक- कार्ययोजनामा सुझाव राखिँदै – Nepal Press

एमाले पोलिटब्युरो बैठक- कार्ययोजनामा सुझाव राखिँदै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को पोलिटब्युरो बैठकको दोस्रो दिन आज बसिरहेको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक केही बेरअघिबाट सुरू भएको हो ।

बैठकमा हिजो महासचिव शङ्कर पोखरेलले प्रस्तुत गरेको पार्टीको वार्षिक कार्ययोजनामाथि पोलिटब्युरो सदस्यले आ-आफ्नो सुझाव दिने कार्यतालिका रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

सुझावका लागि पोलिटब्युरो सदस्यहरूलाई तीन मिनेटको समय छुट्टाइएको छ । पोलिटब्युरो सदस्यले सुझाव दिइसकेपछि कार्ययोजनालाई पारित गरिने छ । बैठकको समापनमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले सम्बोधन गर्ने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर