कांग्रेस-एमालेबीचको सहमति कार्यान्वयनमा शंका नगर्न गृहमन्त्रीको आग्रह – Nepal Press

कांग्रेस-एमालेबीचको सहमति कार्यान्वयनमा शंका नगर्न गृहमन्त्रीको आग्रह

दोधारा चाँदनी (कञ्चनपुर) । गृहमन्त्री रमेश लेखकले सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु रहेको बताएका छन् ।

संसद्‍मा भएका दुई ठूला दलबीच सहमति भएर नयाँ राजनितिक समीकरण बनाएको उनको भनाइ छ ।

‘दुई दलबीच सात बुँदे सहमति भएर सरकार निमार्ण भएको छ । कांग्रेस र एमाले मिलेर अन्तरिम संविधान बनायौँ सशत्र द्वन्द्वलाई शान्तिमा ल्यायौँ ‘, महेन्द्रनगरको एक कार्यक्रममा लेखकले भने ।

एमाले र कांग्रेसबीच भएको सात बुँदे सहमति कार्यान्वयनमा कुनै शंका नगर्न समेत उनले आग्रह गरेका छन् ।

महेन्द्रनगरस्थित नेपाल प्रहरी प्रदेश कार्यालयको नवनिर्मित भवनको आज उद्घाटन समारोहमा उनले नेपाल प्रहरीलाई समयानुकूल अनुसन्धानका लागि समेत अब्बल बनाउनुपर्ने बताए ।

उक्त समारोहमा नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले सम्पूर्ण नागकिरले गुणस्तरीय सेवा प्राप्त गर्न सकुन भन्ने उदेश्यले पूर्वाधार विकासमा जोड दिएको बताएट्ठ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर