डिभी परेका नेपालीसहित २० हजार जनाले अमेरिका जान नपाउने अदालती फैसला – Nepal Press

डिभी परेका नेपालीसहित २० हजार जनाले अमेरिका जान नपाउने अदालती फैसला

काठमाडौं । अमेरिकाको डाइभर्सिटी भिसा (डीभी) परेका २० हजार नेपालीहरुसहितका विश्वभरका मानिसहरु अमेरिका जान नपाउने भएका छन् । यस्तै उनीहरुले भिसा नपाएको बारेमा अदालतमा जाने बाटो पनि बन्द भएको छ ।

हालसालै अमेरिकाको कोलम्बियाको पुनरावेदन अदालतले गरेको फैसला अनुसार यस्तो हुने भएको हो । यो नियम खासगरी सन् २०२० र २०२१ मा डीभी परेर दूतावासमा आवेदन दिन नपाएकाको हकमा लागू हुने भएको छ ।

तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिको कारणले सन २०२० र सन २०२१ मा डिभी परेकाहरुले दूतावासमा आदेवन दिन समस्या भएको थियो ।

त्यसको विपक्षमा भएको मुद्दामा फैसला गरेर त्यो अधिकार नपाउने पुष्टि भएको छ । नेपयोर्कका अनुसार यो फैसलासँगै तीन वर्षबाट चलेको कानूनी लडाइँको अन्त्य पनि भएको छ ।


प्रतिक्रिया

6 thoughts on “डिभी परेका नेपालीसहित २० हजार जनाले अमेरिका जान नपाउने अदालती फैसला

  1. मलाई Free मा घरमै American passport ल्याएर दिए पनि I Reject.
    मलाई चाहाना छैन र लिन्न|

  2. राम्रो काम गरेछ अमेरिकाले किन जानू अमेरिका ? यस्तो राम्रो देअह छोडि छोडी

  3. बिस्तारै सबैले यसै गरी visa नदिए राम्रो हुने थियो। त्यसपछि मात्र स्वदेशमै केही गर्नु पर्छ भन्ने हुने थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर