मुख्य प्रतिस्पर्धी भए पनि ओली र म बसेपछि सबै समस्या समाधान हुन्छन् : देउवा (भिडिओ) – Nepal Press

मुख्य प्रतिस्पर्धी भए पनि ओली र म बसेपछि सबै समस्या समाधान हुन्छन् : देउवा (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थायी सरकार बनाउनको लागि एमालेका अध्यक्ष केपी ओलीसँग सहमति गरेर आफू अगाडि बढेको बताएका छन् । नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कर्मचारीको जुन पार्टीप्रति आस्था राख्ने भएपनि सरकारले निर्देशन मान्नुपर्ने बताए ।

उनले भने, ‘कांग्रेस र एमालेबीच विगतमा आ-आफ्नो मतभेद होलान् । यो व्यवस्थाको विषयमा कुनै मतभेद छैन । हामी मुख्य प्रतिस्पर्धी हौं, समस्याहरू आउँछन् मिलेर समाधान गर्नुपर्छ । ओली र मैले मिलेर समस्याको समाधान गर्छौँ । यो संघीय लोकतान्त्रिक गणतन्त्रलाई पनि रक्षा गर्नुछ । जुनसुकै पार्टीको सरकार भएपनि स्थायी सरकार हो ।’

उनले सरकारले दिएको निर्देशन कर्मचारीले नमाने सरकार सफल हुन नसक्ने बताए ।

उनले भने, ‘हिजो को कुन पार्टीमा थियो आज कुन पार्टीमा छ भन्ने कुरा होइन । कोही कांग्रेसको समर्थक होला, कोही एमालेको समर्थक होला । कोही माओवादीको समर्थक होला । जुन पार्टीप्रति आस्था राख्ने भए पनि कर्मचारीले सरकारले दिएको निर्देशन मान्नुपर्ने हुन्छ ।’

उनले निजामती कर्मचारीलाई स्थायी सरकारका रूपमा लिइने बताउँदै सरकारसँग सहकार्य र समन्वय गरेर बढ्नुपर्ने बताए ।

(फाइल तस्बिर)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर