अनफलो अभियानप्रति रामकुमारीको टिप्पणी- अध्यक्षलाई एमालेका संगठित सदस्यले मात्रै फलो गर्दा पनि दोब्बर हुन्छ – Nepal Press

अनफलो अभियानप्रति रामकुमारीको टिप्पणी- अध्यक्षलाई एमालेका संगठित सदस्यले मात्रै फलो गर्दा पनि दोब्बर हुन्छ

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी पोलिटब्युरो सदस्य रामकुमारी झाँक्रीले एमालेका संगठित सदस्यहरूले मात्र फलो गर्दा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको फलोअर्स अहिलेको भन्दा दोब्बर हुने प्रतिक्रिया दिएकी छन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका समर्थकले प्रधानमन्त्री ओलीको फेसबुकमा अनफलो अभियान चलाएपछि झाँक्रीले यस्तो प्रतिक्रिया दिएकी हुन् ।

उनले फेसबुकमा लेखेकी छन्, ‘एमाले पार्टीका संगठित सदस्यहरूले मात्र फलो गर्दा पनि अध्यक्षको फलोअर्स अहिलेको भन्दा दोब्बर हुन्छ ।’

माधव नेपालले एमाले फुटाएर नेकपा एकीकृत समाजवादी गठन गर्दा अग्र भागमा खटिएकी झाँक्री अहिले एमालेप्रति नरम छिन् । हालै भएको नेकपा एसको उपाध्यक्षमा पराजित झाँक्री पार्टी नेतृत्वप्रति असन्तुष्ट छन् ।

त्यसो त यसअघि पनि झाँक्री एमालेमा फर्किने चर्चा चलिरहे पनि निरन्तर वार्तामै भएको बताइन्छ ।

मंगलबार ओलीलाई आलोचना गर्दै लेखेको स्टाटसलाई फेसबुकले हटाइदिएपछि बालेनले एमाले नेता कार्यकर्ताले रिपोर्ट गरेकै कारण हटाइदिएको आरोप लगाएका थिए ।

स्टाटस हटाएपछि बालेनले पोष्ट हटाउने होइन, दोषीलाई कारबाही गर्नुपर्‍यो भन्दै लेखेका थिए । बालेनको यो स्टाटसपछि उनका समर्थकहरूले ओलीको फेसबुक पेजलाई अनफलो अभियान चलाइरहेका छन् ।

मंगलबार ६ लाख ६६ हजार फलोअर्स रहेको पेजमा अहिले ५ लाख ९० हजारमा झरेको छ । यो घट्ने क्रम जारी छ ।

निरन्तर फलोअर्स घटेपछि ओलीले एकछिनको प्रशंसामा खुसी र एकछिनको विरोधमा दुःखी हुनुपर्ने आवश्यकता नभएको टिप्पणी गरेका छन् ।

एक भिडिओ अपलोड गर्दै भनेका छन्, ‘एकछिनको प्रशंसामा खुसी र एकछिनको विरोधमा दुःखी हुनुपर्ने आवश्यकता नै छैन । सत्यबाहेक अरु केहीको पनि आयु लामो हुँदैन ।


प्रतिक्रिया

10 thoughts on “अनफलो अभियानप्रति रामकुमारीको टिप्पणी- अध्यक्षलाई एमालेका संगठित सदस्यले मात्रै फलो गर्दा पनि दोब्बर हुन्छ

  1. मेरो पनि वालेन प्रति जिज्ञासा छ|
    वास्तविक भन्ने हो भने बालेन गरिबहरुलाइ देखि नसहने एउटा रोग हो|अनि भारतिय गोदि कि ओदि के के केके आको छ समाजमा के हो बालेन ज्यु ?कसैको आड भरोसा नभइ त यत्रो चुरी फुरी हुन्थेन होला कि ?साच्चिकै काम गरेर बसे हुन्न र ?अदालत पनि बनेकोछ, गुण्डागर्दि गरेर गरिवहरुलाइ लछारपछार गरेको छ,कहिेले स्टाटस हालेको छ कहिले हटाको छ| एउटा जिम्मेवार व्यक्तिले यस्तो प्रकारको गतिबिधि गर्दा समाजमा नकारत्मक सन्देश जान्न र?सरकारको नकारत्मक कुराहरु छन् भने मेयर बाट सन्यास लिने अनि सडकमा आए भइगयो यसो गरे हुन्न र? कि २०८२,०८३ सम्म यस्तै यस्तै गर्ने सरकारको र पुराना दलहरुको बिरुद्दमा जनता उचाल्ने आफु अनकुल स्वार्थको लागि भ्रम छरेर हुन्छ कि कसरी हुन्छ जनता उचालेर जमात ठुलो बनाउने अनि आन्दोलनमा सहभागिता भएर नेतृत्व लिने अनि पार्टि खोल्ने र चुनावमा जित्न सकिन्छ भन्ने लागेर हो कि के हो बालेन ज्यु?

    1. कहाँको गरिबलाई लछारपछार गरे बालेनले ? जुम्ला हुम्लाका गरिबलाई ?
      राजधानीमा सडक विस्तार र अनियन्त्रित सडक लाई नियन्त्रण गर्नु अपराध हो ?
      बालेनलाई दोष दिन लाज लाग्नुपर्ने हो !

    2. राजन श्रेष्ठ जी, तपाईंको
      पुर्वाहाग्र युक्त जिज्ञासा ले बालेनको अभियान लाई फिटिक्कै फरक पर्दैन।

  2. झाकृलाइ माइत जान मन लागे जस्तो छ ।घर तिर कैचलो छ यहि झोक्म यस्सो तिजको माहोल पारेर निम्तो बोलाए नाइ भन्दिन भन्ने अवस्था ।

  3. झाक्री दिदी सङगठिथ सदस्य एउटा मात्रै बाउको छोरा हुन भने अनफलो गर्छन् त्यस्तो देश द्रोही भ्रष्टाचारिको नाइके भन्ने जान्दा जान्दै फलो गरि बस्ने पछी लाग्ने भनेको एउटा बाउको छोरा र नेपाल देशलाई माया गर्ने शुशासन चाहने देशमा समृद्धि चाहने बिकास चाहानेले केपी ओलिलाइ मरेको बाख्रालाई जूम्राले छोडेर गए झै जान्थे ती जो अहिले सम्म केपि बा भनेर पछी लाग्ने छननी ती सब देश द्रोही भ्रष्टाचारि कृमिनल हुन जो बालेनको बिरोध गर्दै पनि हिड्ने गर्छन म पनि सङगठित सदस्य थिए जुन दिन 70 करोड घुस कान्डमा गोकुल बास्केाटालाई केही कार्बाही गरेन बालुवाटारको सरकारि जमिन छोराको नाममा पास गर्ने बिष्णु पौडेललाई पार्टीबाट केही कार्बाही गरेन त्यो दिन देखि मैले नेकपा एमालेको सङगठित कार्ड च्यातेर फ्याकिदिए म केपि ओलिको घोर बिरोध गर्छु भ्रष्टाचारि दुई दुई पटक अर्काको मृगौला बाट बचेको मान्छे यस्तो अपराधी ?

  4. मा. कमरेड झाँक्री
    लज्जास्पद नेता भन्ने चरित्र प्रस्तुत गर्न थाल्नु भयो ।
    १. त्यो ताका रत्नपार्कको अभियानमा, सम्माननीय प्रधानमन्त्री वली विरुद्धमा कालो सारी चोलीमा उफ्रिउफ्रि भाषण गरेर, मुस्काउँदै भिंडमा सेल्फी खिचिरहनु भयो । सबैले नेता नै मानेका थिए, थियौं ।
    २. तर जब शहरी विकास मन्त्री पद खुस्किएपछिको लज्जास्पद मा. मन्त्री झाँक्रीको रोदन …….. युवा नेता भनेर गरिंदै आएको प्रशंसाको खिलाप भयो । अनि हैसियत थाहा हुँदै गयो ।
    ३. त्यसपछिको लगातार एमाले प्रतिको झुकाव ।
    ४. तर फेरी नेकपा एसमा निर्वाचन हुँदा उपाध्यक्ष पदमा उम्मेदवारी । अनि यति लाटो हुनुहुन्छ र केन्द्रिय सदस्य नेकपा एसका नेताहरु अनि झाँक्रीलाई नै फेरी जिताउँछन् ? यो मुल्यांकन त सबै नेपालीले गरि नै राखेका थिए ।
    ५. अनि अहिले एमाले पार्टी र नेता कमरेडहरुको प्रशंसा गर्दैमा यति सजिलो, नेता क. वलीले सहर्ष स्वीर्काछन् र ? अनि स्वीकार्दा पनि पछिल्लो समय माधव नेपालबाट एमाले मै फिर्नु भएका नेतृत्वहरुको हालत, त हालत नै भइराखेको छैन र ?
    ६. त्यो वेलाको समयमा नेपालमा मात्रै होइन, एमालेका वली भनेका विश्वको नै गद्धार हो भनेर गाली गलोज गर्दै भाषण गर्नु भएको, यति सजिलो एमाले नेता, कार्यकर्ताहरु कमरेडहरुले विर्सिहाल्नु हुन्छ र ? टडपिई टडपिइ, जिम्मेवारीबाट पाखा लगाउने निश्चित छ ।
    ७. भर्खरै सम्पन्न भएको जिल्ला अधिवेशनहरु माधव नेपाल पक्षबाट एमालेमा जानु भएका कमरेडहरुको जिल्ला अध्यक्षमा हालतको परिणाम ताजै छ ।
    ८. मा. कमरेड योगेश भट्टराई प्रदेशको इन्चार्जबाट जिम्मेवारी अहिलेको ? वा मन्त्रीको नाम सिफारिस भएर अन्तिममा नाम आउट । वा विष्ट कमरेडको जिम्मेवारी ?
    ९. बरु नेकपा एसमा रहेर एमालेको नेता कमरेडहरुको प्रशंसा वा एमालेको प्रशंसा गर्नुको साटो, नेकपा एसमा राजिनामा दिनु भयो भने, वा एमालेमा प्रवेश गरेर सिधै पार्टी र नेताहरुको प्रशंसा गर्नु भयो भने कम्तिमा वाहिर हामीले हेर्दा त लाजको पसारो जस्तो देखिन्न ।

    तै पनि आदरणिय माननीय कमरेड, विचार इच्छा तपाईको हो । तर यस्तो चरित्रले आम युवा नेताहरुलाई पनि चित्त बुझ्दैन । तपाईको आफ्नो विगत लामो समय देखी विद्यार्थी हुँदै एमालेबाट कमाउनु भएको हैसियत, नाम सुवास रुन्चे मन्त्री र विचरा युवा नेताको रुपमा शैली प्रस्तुती देखाउँछ ।

    एक आसा र अपेक्षा राख्ने कम्युनिष्ट कार्यकर्ताको तर्फबाट, तपाईँ प्रतिको विश्वास घट्दो प्रस्तुतीको कारण, सुझाव राखें । आसा छ, तपाईले आफ्नो पुरानौ लयमा हक्की र हिम्मतका साथ कम्युनिष्ट नेतृत्वमा फेरी उदाउनुहुनेछ ।

  5. झाक्रीलाई छिटो एमालेमा भित्र्याएर भिम राव​ल ब​नाउ !

  6. अनावश्यक भिडले अनफलो गर्दा खुशी मान्नुपर्छ किनकी ती भिडले जहिलेन्पनी सत्तामा जो छ उसको बिरोध गर्ने हुन र नयाँ पार्टी र पार्टीका नेताको गुनगान गाएर देशमा अस्थिरता ल्याउन र धेरैजसो आफ्नो गैर व्यावसायिक फाइदा उठाउन उद्दत हुने हुन भने युटुवेहरुले रोइलो गरेको जनताकालागी होइन भिवर्स बढाएर डलर कमाउन नै हो।वास्तविक जनता भनेका गाउँमा छन् जस्ले फलो न अनफलो सहि नेता कोहो ब्यालेटको माध्यमबाट चुनावमा जिताउछ्न।अहिलेको बेमौसमी बाजाले न सुर दिन्छ न ताल वाइयातको बजार हल्ला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर