पारा ओलम्पिक पदक विजेता पलेशालाई राष्ट्रपतिले गरे सम्मान (भिडिओ) – Nepal Press

पारा ओलम्पिक पदक विजेता पलेशालाई राष्ट्रपतिले गरे सम्मान (भिडिओ)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारा ओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनसहितको टोलीलाई सम्मान गरेका छन् ।

शीतल निवासमा आयोजित एक कार्यक्रमबीच पदक विजेता पलेशालाई राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले माला र दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

राष्ट्रपति यादवले पलेशासँगै उनका प्रशिक्षक कविराज नेगी लामालाई पनि बधाई तथा शुभकामना दिए ।

उक्त अवसरमा राष्ट्रपति पौडेलले पलेशालाई शुभकामना दिँदै यसबाट देशको शीर उचो पार्ने काम भएको र अर्को पटक स्वर्ण पदक राष्ट्रले अपेक्षा गरेको बताए ।

सम्मान कार्यक्रममा नेपाली सेनाको एक टुकडीले मंगलधुन बजाएर स्वागत गरेको थियो । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, पदक विजेता पलेशाका बाबुआमा र खेल संघका पदाधिकारीहरुको सहभागिता थियो ।

पलेसाले पेरिस पारा ओलम्पिकमा तेक्वान्दोको के ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई पराजित गर्दै कांस्य पदक जितेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *