एमालेनिकट निर्माण व्यवसायी परिषदको अध्यक्षमा राना, कस्तो बन्यो नयाँ कार्य समिति ? – Nepal Press

एमालेनिकट निर्माण व्यवसायी परिषदको अध्यक्षमा राना, कस्तो बन्यो नयाँ कार्य समिति ?

रुपन्देही । एमालेनिकट निर्माण व्यवसायी परिषदको अध्यक्षमा दाङका बलिभद्र राना चयन भएका छन् । नेकपा एमाले सम्बद्ध निर्माण व्यवसायीहरुको छाता संगठन नेपाल निर्माण उद्योग परिषद्को पाँचौं साधारण सभा एवं तेश्रो अधिवेशनबाट रानाको नेतृत्वमा नयाँ कमिटी बनेको हो ।

अधिवेशनको उद्घाटन सत्र पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको प्रमुख आतिथ्यता एवं प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडाको विशेष आतिथ्यतामा भएको थियो भने बन्दसत्र महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

सो साधारण सभा एवम् अधिवेशनमा ६३ जिल्ला कार्यसमिति र ६ प्रदेश कार्यसमितिका ४५० जना निर्माण व्यवसायी अधिवेशन प्रतिनिधिको रुपमा, १५० जना पर्यवेक्षकको रुपमा र ७५ जना आमन्त्रितका रुपमा सहभागी भएका थिए ।

तेश्रो अधिवेशनले बलिभद्र रानाको नेतृत्वमा ८२ सदस्यीय कार्यसमितिको सर्वसम्मत चयन गरेको थियो। त्यसैगरी उपाध्यक्ष खुल्ला सुरेन्द्र पाठक, कोशी प्रदेश उपाध्यक्ष कमल गौतम, मधेश प्रदेश उपाध्यक्ष राम सुरत देव, बाग्मती प्रदेश उपाध्यक्ष नारायण बडाल, गण्डकी प्रदेश उपाध्यक्ष नारायण जिसी, लुम्बिनी प्रदेश उपाध्यक्ष प्रकाश शाह, कर्णाली प्रदेश उपाध्यक्ष लक्ष्मण प्रकाश पोखरेल, सुदूरपश्चिम प्रदेश उपाध्यक्ष कृष्ण बहादुर साउच, महिला उपाध्यक्ष मन्जु भुषाल, उपाध्यक्ष (उपत्यका) कृष्ण प्रसाद गौतम, महासचिव रामशरण देउजा, उपमहासचिव पुष्कल न्यौपाने ,बलराम श्रेष्ठ छन् भने सचिवमा मनोज तामाङ,दिनेश पौडेल र कोषध्यक्षमा उज्वल गौतम चयन भएका छन् ।

यस्तो छ नयाँ कार्य समिति ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर