उडानका लागि काठमाडाैं आएकी प्रमुख प्रशासकीय अधिकृतको विदेश भ्रमण रद्द – Nepal Press

उडानका लागि काठमाडाैं आएकी प्रमुख प्रशासकीय अधिकृतको विदेश भ्रमण रद्द

मन्त्रालय र मन्त्रीलाई नटेरे पछि भ्रमण रद्द गर्ने निर्णय गरियाेः मन्त्री गुप्ता

काठमाडौं । वैदेशिक भ्रमणका लागि भिसा लागिसकेका बाराको जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको भ्रमण अन्तिममा रद्द भएको छ ।

स्थानीय नेता कार्यकर्ताको दबाबमा प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेको भीसा लागि सकेर पनि उडानका लागि काठमाडौं आइसकेको अवस्थामा नगरप्रमुखका गैरकानूनी क्रियाकलापमा मात्र उत्तरदायी भएको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भ्रमण अन्तिम समयमा रद्ध गरेको हो ।

संयुक्त राज्य अमेरिकामा आयोजना हुन लागेको ४ दिने कार्यक्रमका लागि त्यता जान लागेकी प्रमुख प्रशासकीय अधिकृत काफ्लेको भ्रमण संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले  मन्त्रीस्तरीय निर्णय गर्दै भ्रमण रद्ध गरेका पाइएको छ ।

उक्त विषय हेर्ने मन्त्रालयको प्रशासन सुधार महाशाखा प्रमुख समेत रहेका सहसचिव उमेशकुमार ढकालसँग उक्त निर्णयबारे बुझ्न खोज्दा प्रवक्तासँग बुझ्न आग्रह गरे । मन्त्रालयको योजना तथा विकास समन्वय महाशाखा प्रमुख समेत रहेका प्रवक्ता सहसचिव कालिप्रसाद पराजुलीले मन्त्रालयको अर्को महाशाखा अन्तरगतको निर्णय भएकाले यस बिषयमा बुझ्ेर मात्रै भन्न सक्ने बताए ।

यूएसडएडको कार्यक्रममा भाग लिन १२ जना अमेरिकातर्फ जाने कार्यक्रम रहेकोमा दुई जनाको भीसा आएको थिएन । भीसा आएको प्रमुख प्रशासकीय अधिकृत काफ्लेको भ्रमण भने रद्द भएको छ ।

उनको भ्रमण नेकपा (माओवादी केन्द्र)बाट प्रमुखमा निर्वाचित राजन पौडेलसँग नजिक भएका कारण बुझिएको छ ।

पछिल्लो समय जितपुर सिमरामा मेयर र अन्य जनप्रतिनिधिबीच विवाद छ । केही दिनअघि एक सामुदायिक विद्यालयमै गएर मेयरले माइन्युट खोस्न र वडाध्यक्षसँग हातपातमा उत्रिन खोजेपछि एमालेले उनको विरोध गरिरहेको छ ।

यूएसएडद्धारा दिन लागिएको पव्लिक फिनान्सियल म्यानेजम्याण्ड बिषयक ४ दिने प्रशिक्षण कार्यक्रमका लागि काफ्लेलाई मन्त्रालयले गत साउन ६ गते मनोनयन गरेको थियो ।

मन्त्रालय र मन्त्रीलाई नटेरे पछि भ्रमण रद्द गर्ने निर्णय गरियाेः मन्त्री गुप्ता

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारीमा बर्तमान मन्त्री गुप्ता आइसकेपछि नै उक्त निर्णय भएको थियो । तर कार्यक्रममा जानका लागि सम्पूर्ण तयारी गरिसकेकी काफ्लेलाई मन्त्रालयले अन्तिम समयमा आएर भदौं १८ गते मन्त्रिस्तरीय निर्णयबाट उनको भ्रमण रद्ध गरेको जानकारी पाएको काफ्लेले नेपाल प्रेससँग बताइन् ।

यसैविच संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले भने ति कर्मचारीले मन्त्रालय र मन्त्रीलाई नटेरे पछि भ्रमण रद्द गर्ने निर्णय गरिएको नेपाल प्रेससँग बताए । उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पनि पुरा गर्न नसकेको र मन्त्रालयबाट धेरै पटक बोलाउदाँ पनि अटेर गरेर नआएका कारण भ्रमण रद्द गरिएको उनको भनाई छ ।

उनले भने, ‘जितपुर सिमरा उपमहानगरपालिकामा सबै जनप्रतिनिधि एकातिर र प्रमुख राजन पौडेले अर्कोतिर हुनुहुन्छ । त्यहाँ धेरै बिवाद छ । उहाँले जनप्रतिनिधिसँग तथानाम बोलेको भिडियो पनि सामाजिक सञ्जालमा भाइरल छ । त्यसपछि उहाँलाई एक पटक भेट्न आउनुस भनेर मन्त्रालयका कर्मचारीले बोलाउनुभयो । कर्मचारीले बोलाउदाँ नआएपछि मैले नै मेरो स्वयकीय सचिवलाई नै फोन गरेर भेट्न बोलाए । ४ दिनदेखि उहाँ काठमाडौंमै हुनुहुन्छ । तर पनि मन्त्रालयमा आउनुभएन । मन्त्रालयले नै भनेको नमान्ने, मन्त्रीले नै भनेको नमान्ने कर्मचारीलाई किन अमेरिका भ्रमणमा पठाउने भनेर भ्रमण रद्द गरिएको हो । ४ दिन भयो फाइल रोकेर राखेको थिए । हिजो राति ८ बजे अन्तिम समयसम्म कुर्दा पनि उहाँले मतलव नगरेपछि रद्द गर्ने निर्णय गरिएको हो ।’

मन्त्री गुप्ताले प्रमुख प्रशासकीय अधिकृत काफ्लेलाई उपमहानगरपालिकामा काम गर्न नसक्ने अवस्था भए मन्त्रालयमा वा काठमाडौंका कुनै पनि निकायमा सरुवा गर्न खोज्दा उल्टै मन्त्रालय विरुद्ध सर्वोच्च अदालतमा मुद्दा हालेको र उक्त मुद्दा मन्त्रालयले खेपिरहेको पनि बताए ।


प्रतिक्रिया

5 thoughts on “उडानका लागि काठमाडाैं आएकी प्रमुख प्रशासकीय अधिकृतको विदेश भ्रमण रद्द

  1. तस्कर र भ्रष्टाचार नगरेको हुनाले भ्रमण रोकिएको होला।

  2. जय केपी ओली, एमाले भन्नु पर्थ्यो नि, अनि पाे जान पाइन्थ्यो त!

  3. लाज पचेको मन्त्री एउटा साधरण कर्मचारीको visa रद्ध गर्ने तलाई कहिल्यै भलो हुदैन

  4. शबै लंगड भयको ठाँउमा यउटा सध्दे मानिस गयो भने,खट्टाउठाउनु पर्छ भन्छन्भ्रष्ट्र चारी भयको देशमा यउटा शध्ये भयकाले यष्ता नसियत भोगेको होकी जष्तोछ

  5. तालिम को लागि विदेशमा जानुपर्ने के छ त्यस्तो र विदेश भ्रमणको लागि मरिहत्ते ? त्यहि विदेशीको लहैलहैमा लागेर चोर नेताहरुले देश बेचेर खाई सके अब देश रित्याउने पालो कर्मचारीको होला हैन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर