संघारमा तेस्रो विश्वयुद्ध ! हामीले नलडी सुखै छैन
इरानको राजधानी तेहरानमा हमासका नेता इस्माइल हानिये सन्दिग्ध आक्रमणमा मारिए । अघिल्लो महिना न्यूयोर्क टाइम्सदेखि गार्डियन हुँदै भारतीय अखबारहरुमा समेत प्रमुखताका साथ यो समाचार छापियो । प्यालेस्टाइनको हमास नियन्त्रित भूभाग गाजाका पूर्वप्रधानमन्त्रीसमेत रहिसकेका नेता हानिये मारिनु सामान्य घटना होइन । त्यो पनि तेस्रो मुलुक इरानको राजधानीमा । यो घटनाले मध्यपूर्वको माहोललाई झन तताएकोमात्र छैन, एउटा बाध्यकारी युद्धमा मध्यपूर्व फस्ने स्थिति पैदा गर्दैछ ।
मूलतः इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको आक्रामक सैन्य सोचाइले पछिल्लो समयमा साम्य हुनै लागेको इजरायल-हमास द्वन्द फेरि उत्कर्षतर्फ लम्किएको छ । इजरायली सैन्य कारबाही केवल गाजामा मात्र सीमित रहेन । पछिल्लो साताबाट यो वेस्ट ब्याङ्कतर्फ पनि तीव्रतर रुपमा फैलिएको छ । विश्व स्वास्थ्य संगठनले पोलियो थोपा खुवाउन युद्ध रोक्न इजरायललाई गरेको अनुरोध औपचारिक रुपमा स्वीकार गरिए पनि ग्राउण्डमा युद्ध रोकिएन । अहिलेसम्म ४० हजार प्यालेस्टाइनीको ज्यान यो युद्धले लियो । ज्यान गुमाउनेमध्ये झण्डै ३ प्रतिशत बालबालिका छन् । हिटलरको बर्बरता नदेखेको हाम्रो पुस्ताले इजरायली बर्बरता देख्यो । युद्ध प्रभावितहरुको क्याम्पदेखि अस्पतालसम्म खसेका इजरायली मिसाइलहरुले मानवतावादीहरुमाथि चिसो पानी खन्यायो ।
उता रसिया र युक्रेनको युद्धको स्क्रिप्टको द इण्ड नभई यता हमास र इजरायल भिडे । हेर्दा सामान्य र अपेक्षित लाग्नसक्छ, तर हमासको यो लडाइँ कीरा र बत्तीको जस्तो देखिन्छ । यो युद्धको परिणामसँग सारा विश्व जानकार थियो । ४० हजार प्यालेस्टाइनीको आहुति हमास वा इरानले पूर्वानुमान गरेको थिएन भन्नु हाँस्यास्पद रहन्छ । त्यसो भए यस्तो विध्वंसक युद्धमा हमास आफैं किन सुरियो त ? प्यालेस्टाइन-इजरायल युद्धको आगो आजको होइन न यो अहिले नै निभिहाल्ने खालको छ । बरु रसिया र युक्रेन तत्काल मित्रवत पूर्वावस्थामा पुग्न सक्लान्, तर इजरायल र प्यालेस्टाइनमा यो सम्भावना छैन ।
अहिलेसम्म ४० हजार प्यालेस्टाइनीको ज्यान यो युद्धले लियो । ज्यान गुमाउनेमध्ये झण्डै ३ प्रतिशत बालबालिका छन् । हिटलरको बर्बरता नदेखेको हाम्रो पुस्ताले इजरायली बर्बरता देख्यो । युद्ध प्रभावितहरुको क्याम्पदेखि अस्पतालसम्म खसेका इजरायली मिसाइलहरुले मानवतावादीहरुमाथि चिसो पानी खन्यायो ।
अहिलेलाई उनीहरुले एकले अर्कालाई समाप्त पार्नु नै यो युद्धको एकमात्र विकल्प देखेका छन्, तर त्यो असम्भव छ । यहुदीहरुको पराजित इतिहासमा विजयको जुन पराक्रम कोरिँदैछ, त्यो उनीहरु कुनै पनि हालतमा कम्प्रमाइज गर्न चाहँदैनन् । मुसलमानहरुको वैभवको आडमा उभिएको प्यालेस्टाइन हराएर जान सक्दैन । इरान र इजरायलको आपसी द्वन्द्वको साइड इफेक्टमा यमनदेखि लेबनानसम्म हतियारधारीहरु रगतको होली खेल्न आतुर छन् । अमेरिकी विश्व प्रभुत्व बाध्यतावस स्वीकार गर्न विवश साउदी अरबदेखि टर्किएसम्म भावी ध्रुवीकरणमा अमेरिकासँग नरहन सक्छन् ।
इन्डोनेसिया र अस्ट्रेलियाको सैन्य सहमति हालै सार्वजनिक भयो । जाभामा भव्य कार्यक्रमबीच उनीहरुले पृथक संस्कृतिका बावजुद एउटै सैन्य मिसनमा रहने प्रस्ट संकेत दिने गरिएको सैन्य सम्झौता गरे । अमेरिका र उसका सहयोगीले भावी ध्रुवीकरणको राम्रै तयारी गरिरहेका छन् । जापानसमेत सैन्य बजेट वृद्धि गर्ने तहमा पुग्नुले भावी दिनको संकेत गरेको छ । इरानले इजरायलको उपयुक्त जवाफ दिने दिन पर्खिरहेको छ । सम्भवतः ऊ छिट्टै आणविक राष्ट्र आफूलाई घोषणा गर्ने तयारीमा छ । भारत आफ्नै सैन्य जहाज बनाइरहेको छ ।
हाम्रो संसदमा पनि निजगढ विमानस्थल सैन्य प्रयोजनका लागि बनाउन लागिएको प्रसंग केही वर्ष पहिले उठ्यो । भू-राजनीतिका जानकारहरुको कान ठाडो नहुने कुरै भएन । विभिन्न व्यक्तित्वहरुको विभिन्न प्रतिक्रियाहरु एक साथ आए । बंगलादेशको उलटफेरले दक्षिण एसियामा भारत र चीनलाई परैबाट पश्चिमा शक्तिले राम्रै झापट हानेको छ ।
प्यालेस्टाइन-इजरायल युद्धको आगो आजको होइन न यो अहिले नै निभिहाल्ने खालको छ । बरु रसिया र युक्रेन तत्काल मित्रवत पूर्वावस्थामा पुग्न सक्लान्, तर इजरायल र प्यालेस्टाइनमा यो सम्भावना छैन । अहिलेलाई उनीहरुले एकले अर्कालाई समाप्त पार्नु नै यो युद्धको एकमात्र विकल्प देखेका छन्, तर त्यो असम्भव छ ।
उता रसिया-युक्रेन युद्धमा युक्रेनले जुन चक्मा विश्वलाई रसियाको भूभाग कब्जा गरेर देखायो । यो रसियाविरोधी कित्तालाई उक्साउने किसिमको मात्र छैन, यो कदम रसिया-युक्रेन युद्धलाई झन खतरनाक मोडमा धकेल्ने किसिमको छ र कुनै न कुनै किसिमले रसियालाई झन ठूला आक्रमणका लागि बाध्य पार्ने किसिमको छ । यो युद्धको १००० दिन पुग्न अब धेरै दिन छैन । यसले पुटिनको महत्वाकांक्षामा ब्रेक अवश्य लगाएको होला, तर एउटा युद्धको जय पराजय अर्को युद्धले टार्ने १९औं शताब्दीकालीन शासकीय मानसिकता देखापर्न सक्छ ।
जस्तो कि अमेरिका पटकपटक विभिन्न फ्रन्टहरुमा हारेर पनि हरेक चोटी अन्तर्राष्ट्रिय युद्धहरुमा होमी नै रह्यो । युद्धबाट अमेरिकाले न छुट्टी चाहेको छ न त उसले चाहँदैमा अब उसलाई छुट्टी मिल्ने वातावरण छ । युद्धका लागि जोसुकै र जुनसुकै बेला तयार रहनुपर्ने परिस्थिति शक्ति राष्ट्रहरुलाई पर्दै गएको छ ।
शीत युद्धको अन्त्यपछि अमेरिकी कित्तामा नरहने विश्वका विभिन्न मुलुकहरुले जुन प्रतिकूलता यो ३४ वर्षमा खेप्नुपर्यो, यसको उपयुक्त जवाफ दिने समयको जोरजाममा उनीहरु जुट्दै गएको देखिन्छ । डलरको प्रभुत्वविरुद्ध सारा नवआर्थिक पहलमान देशहरु एक हुँदै गएको तथ्यबाट पनि अमेरिकी प्रभुत्वको पासा ढलमलाएको छ । एक-अर्काको सम्प्रभुताको सम्मान र रक्षा गर्ने कसम खाएको संयुक्त राष्ट्रसंघ जस्तो संस्थाको नेता भएर पनि अमेरिकाले शीत युद्धदेखि हालसम्म जुन किसिमको सैन्य रवैया विश्वमा प्रस्तुत गर्यो, यसको चोटले रन्थनिएकाहरु एकजुट हुने दौरानमा छन् । लिबिया होस् या इराक, सिरिया होस् कि अफगानस्तान, तिनीहरुलाई अमेरिकी नीति र व्यवहारले जरैबाट चिडचिडाहट भएकै छ ।
मुसलमानहरुको वैभवको आडमा उभिएको प्यालेस्टाइन हराएर जान सक्दैन । इरान र इजरायलको आपसी द्वन्द्वको साइड इफेक्टमा यमनदेखि लेबनानसम्म हतियारधारीहरु रगतको होली खेल्न आतुर छन् । अमेरिकी विश्व प्रभुत्व बाध्यतावस स्वीकार गर्न विवश साउदी अरबदेखि टर्किएसम्म भावी ध्रुवीकरणमा अमेरिकासँग नरहन सक्छन् ।
फ्रान्स र जर्मनीलाई अमेरिकाको स्थायी मित्र मानिरहन नपर्नुपर्ने दिनहरु आउन सक्छन् । अमेरिकासँगै ब्रिटेन र अस्ट्रेलियाले सती जाने जुन सतीत्व देखाइरहेका छन्, त्यसविरुद्ध रसिया, चीन र इरान सँगै उभिँदै गएको देखिन्छ । कहिलेकाहीँ म गम खान्छु, यदि भारत र चीन पनि एउटै मोर्चामा रहे भने के हामी तेस्रो विश्व युद्ध नलडिरहन सक्छौं ? हाम्रो असंलग्न परराष्ट्र नीतिले हामीलाई युद्धमा जानबाट थाम्नसक्छ ? निकट भविष्यमा यी प्रश्नहरुको उत्तर अवश्यम्भावी बनेर देखिनसक्छ । विश्वभर रक्षा बजेटको वृद्धि र सैन्य प्रविधिको विकासको जुन होडबाजी छ, यसको क्लाइमेक्सको दर्शकमात्र यो देश बन्नेछ भन्ने मलाई विश्वास छैन ।
मानिलिऔं न भारत र चीन एउटै मोर्चामा रहेनन् । मानिलिऔं न हामीले कसैसँग सैन्य सम्बन्ध बनाएनौं । मानिलिऔं न असंलग्नताको रटान लगाएर काठमाडौं बस्दा ठीक हुन्छ भन्ने छिमेकीहरुले ठाने । अनि के हामी वीर गोरखाली युद्ध लड्न नगइ बस्न सक्छौं र ? हाम्रो त रगतमा युद्घ छ, हाम्रो त रगतमाद्वन्द छ। हामिलाइ त भाडामा भए नि जानुपर्छ, भर्ती भएर भए नि लड्नुपर्छ । हामीलाई भिक्टोरिया क्रस यति जनाले पाए भनेर इतिहास बनाउने सुनौलो अवसर सदुपयोग गर्न पर्दैन ? मलाई लाग्दैन कि हामी त्यो अवसर खेर फाल्ने पक्षमा हुनेछौं । युद्ध कस्तो हुनेछ भनेर हामी सहज अनुमान इजरायलको बर्बरता देखेर गर्न सक्छौं । विश्वको कुनै कानूनले कसैलाई रोक्न सक्नेछैन । कुनै ठाउँ र समय सुरक्षित गणना हुनेछैन । अबको विश्व ध्रुवीकरणमा हामी कहाँ हुने ? तपाईं हामीले बेलैमा सोच्नुपर्छ । बेलैमा निर्णय गर्नुपर्छ । यस्तो दिन नआओस् कि म अमेरिकी बन्दुक पड्काइरहेको हुँ, तपाईं मलाई चिनियाँ बन्दुकले निशाना साध्नुस् । बन्दुक नै बोक्नुपर्छ भने तपाईं र मेरो काँधमा एउटै बन्धुक होस् ।