अवरुद्ध कान्तिलोकपथ खुल्यो
नेपाल प्रेस
२०८१ भदौ २० गते १०:१६
मकवानपुर । वर्षासँगै पहिरो खस्दा अवरुद्ध बनेको हेटौँडा-काठमाडौँ जोड्ने कान्तिलोकपथ सञ्चालनमा आएको छ ।
मकवानपुरको बकैया गाउँपालिका-११ लाम्राङमा पहिरो खस्दा सो सडकमा आवतजावत रोकिएको थियो ।
उक्त स्थानमा खसेको पहिरो पन्छाइ यातायात सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँ जोड्ने त्रिभुवन राजपथ, भीमफेदी-कुलेखानी-फाखेल, सिस्नेरी सडकखण्ड, पूर्वपश्चिम राजमार्ग सबैतिरको बाटोमा यातायात सञ्चालन भइरहेको छ ।
प्रतिक्रिया