मंगोलिया १० रनमा अलआउट, ५ बलमै लक्ष्य भेट्यो सिंगापुरले – Nepal Press

मंगोलिया १० रनमा अलआउट, ५ बलमै लक्ष्य भेट्यो सिंगापुरले

काठमाडौं। टी-२० विश्वकपको छनोटमा बिहीबार सिंगापुरले मंगोलियाले दिएको लक्ष्य ५ बलमै पुरा गरेको छ।

पहिला ब्याटिङ गरेको मंगोलिया केवल १० रनमा समेटिएको थियो। मंगोलियाका ५ ब्याट्सम्यानले खाता खोल्न सकेनन्। दुई जना खेलाडीले दुई-दुई रन जोडेका थिए भने मंगोलियाले २ रन अतिरिक्त पाएको थियो।

सिंगापुरका हर्ष भारद्वाज एक्लैले ६ विकेट लिए। उनले ४ ओभरमा २ मेडन राखेर ३ रन मात्र खर्चिएका थिए।

सिंगापुरले ५ बलमा एक विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो।

पहिलो बलमै विकेट गुमाएको सिंगापुरका लागि विलियम्स सिम्पसनले २ बलमा एक चौकासहित ६ रन र रौल शर्माले २ बलमा एक छक्कासहित ७ रन जोडे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *