म शिक्षामन्त्री हुँदा कर्मचारी सरुवाले पीडित भएँ : सांसद राई – Nepal Press

म शिक्षामन्त्री हुँदा कर्मचारी सरुवाले पीडित भएँ : सांसद राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष अकोशकुमार राईले आफू शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री हुँदा कर्मचारी सरुवाबाट पीडित भएको बताएका छन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा बिहीबार संघीय निजामती सेवा विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिने क्रममा यस्तो अनुभव सुनाएका हुन् ।

उनले भने, ‘म शिक्षा विज्ञान तथा प्रविधिमन्त्री हुँदा सरुवाले म पीडित भए । इन्जिनियरिङ समूहको सहसचिव पाउन गाह्रो । बल्लबल्ल आउनुभयो । एक महिना नपुग्दै जानुभयो । मुख्यसचिवलाई सोधे के भयो भनेर बैकुण् अर्याललाई । माफ पाऊँ भनेर भन्नुभयो । उहाँलाई दोहोर्‍याएर ल्याउन सकिँदैन भनेर भन्नुभयो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर