निजामती विधेयकमा ६ महिनापछि छलफल सुरू – Nepal Press

निजामती विधेयकमा ६ महिनापछि छलफल सुरू

काठमाडौं । संसदमा पेश भएको ६ महिनापछि संघीय निजामती सेवा विधेयकमाथि सैद्धान्तिक छलफल सुरू भएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा बिहीबारदेखि विधेयकमा छलफल सुरू भएको हो ।

बहुप्रतिक्षित निजामती विधेयक २०८० फागुन २१ गते संघीय संसदमा दर्ता भएको थियो ।

समिति सभापति रामहरी खतिवडाले आज विधेयकमाथि सैद्धान्तिक छलफल हुने जानकारी गराए । विधेयकमाथिको सैद्धान्तिक छलफलको पहिलो दिन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, मुख्यसचिव एकनारायण अर्याललगायत आमन्त्रितरूपमा उपस्थित छन् । सैद्धान्तिक छलफल सकेर संशोधनकर्ता सांसदहरूसँग छलफल हुनेछ ।


प्रतिक्रिया

One thought on “निजामती विधेयकमा ६ महिनापछि छलफल सुरू

  1. छिटो पास गर । समितिमा पैसा खाएर अड्काएको आरोप छ ।आरोप सत्य होईन भने विधेयक माथि घनिभूत छलफल गरेर संसदमा छिटो पठाउ । अनि पखालिन्छ आरोप । नभए सत्य सावित हुन्छ । ढिला भएको देख्दा त पैसा खाएको होला जस्तो त छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर