पल शाहको दाबी- समीक्षासँग मित्रता कायम छ, फेरि सँगै काम गर्न सकिन्छ – Nepal Press

पल शाहको दाबी- समीक्षासँग मित्रता कायम छ, फेरि सँगै काम गर्न सकिन्छ

पूजा शर्माको बचाउ गर्दै भने- वाक स्वतन्त्रता भएको देशमा मनमा लागेको कुरा बोल्न पाइन्छ

काठमाडौं । अभिनेता पल शाहले गायिका समीक्षा अधिकारीसँग अहिले पनि राम्रो सम्बन्ध रहेको दाबी गरेका छन् । आफूहरूले फेरि पनि सहकार्य गर्न सक्ने उनले एक अन्तरवार्तामा बताए ।

प्राइम टेलिभिजनमा ऋषि धमलाले पल शाह र सुदर्शन थापालाई गेस्ट बनाएर बोलाएका थिए । नयाँ चलचित्र ‘रावायण’ को प्रमोसनका लागि यो अन्तरवार्ता गरिएको थियो । तर, धमलाले अधिकांश समय बेतुकका र बकवास प्रश्नहरू गरेर करिब एक घण्टा भक्षण गरिदिए । अन्तिममा भने उनले समीक्षा अधिकारीको प्रसंग निकाले ।

‘समीक्षा र तपाईँको सम्बन्ध अहिले कस्तो छ ल भन्नुस्,’ पुलुक्क क्यामरातिर हेर्दै धमलाले सोधे ।

सहज देखिन खोज्दै पलले जवाफ दिए, ‘अँ… राम्रो छ… उहाँले पनि राम्रो गर्दै हुनुहुन्छ एकदमै । म त सधैँ रेस्पेक्ट गर्ने मान्छे हो उहाँलाई ।’

धमला : ‘पूजा शर्मा र समीक्षाको सामाजिक सञ्जालमा वाकयुद्ध थाहा छ ?’

जवाफमा शाहले पूजा शर्माको बचाउ गरे ।

‘यस्तो हुन्छ… आ–आफ्नो मूल्यांकन हुन्छ, बुझाइ हुन्छ । आ–आफ्नो बुझाइमा आएको कुराहरू हो । सानो ३० सेकेन्डको भिडिओ हेरेर जज चाहिँ गर्न मिल्दैन । पूजाले पनि कति कुराहरू सुनेकोमा यो चाहिँ रङ हो र यो चाहिँ राइट हो भन्न पाउँछ । वाक स्वतन्त्रता भएको देशमा हामीले बोल्न पाइन्छ । त्यो चिजलाई मात्रै ल्याएको हो जस्तो लाग्छ । ठूलो इस्यू बनाउनु पर्दैन ।’

त्यसो भए तपाईँ समीक्षाजीसँग अहिले पनि निकट हुनुहुन्छ ? बोलिरहनु हुन्छ ? ठ्याक्कै भन्दिनुस् जनतालाई ?

‘हामी काम परेको बेलामा बोल्छौँ । हाइ हेल्लो हुन्छ ।’

भनेपछि टेलिफोनमा हेल्लो हाइ र के छ भनेर कुराकानी हुन्छ ?

हुन्छ… हुन्छ… ।

भनेपछि समीक्षासँग तपाईँको मित्रता कायमै छ ?

कायमै छ । राम्रो प्रस्ताव आयो भने हामी फेरि काम गर्न पनि सक्छौं ।

पल शाहको यस्तो दावीबारे समीक्षाको भनाइ आउन बाँकी छ । उनी अहिले सांगीतिक कार्यक्रमका लागि जापानमा छिन् ।

जापानबाटै उनले पूजा शर्माविरुद्ध आक्रोश पोख्दै स्टाटस लेखेकी थिइन् । अब पल शाहको दाबीमा कस्तो प्रतिक्रिया जनाउलिन् त ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर